१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

लाल समूहले लोसपा परित्यागको घोषणा

Logo
प्रकाशित मंगलबार, फाल्गुण १०, २०७८

जनकपुरधाम ,१० फागुन। कार्यकारिणी सदस्य वृषेशचन्द्र लालसहितका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेको घोषणा गरेका छन् ।

मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी लालले लोसपा परित्याग गरेको र तराई मधेश लोकतान्त्रिक पार्टी ९तमलोपा० मा समावेश भएको बताएका छन् ।

लाल राष्ट्रिय सभाका पूर्व सदस्य पनि हुन् । लालसँगै संविधानसभा सदस्य एवं नेता डा। विजय कुमार सिंह, रामजी राय, धिरेन्द्रबहादुर सिंह, सतिश लाल दास, योगेन्द्र राय, उमेश मण्डल, ब्रजकिशोर सिंह, भोलानाथ झा, विन्दु देवी, राजकिशोर मण्डल लगायतले पनि लोसपा परित्याग गरेका छन् ।

नेतृत्व पंक्तिले जनता, जनताको विद्रोहपूर्ण संघर्षको ऐतिहासिक एजेन्डालाई थाम्ने, गन्तव्यको दिशामा बोकेर अगाडि बढाउने सामर्थ्य देखाउन नसकेकाले पार्टी परित्याग गरेर तमलोपामा समावेश भएको नेता लालले बताए ।

मधेशका जनताको चाहना अनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकता बमोजिम स्वशासन र संघीयताको अभ्यासलाई अगाडि बढाउन, लोकतन्त्रवादी, मधेश एजेन्डाप्रति प्रतिबद्ध राजनीतिक दल आवश्यक भएकाले नयाँ राजनीतिमा लागेको उनको भनाइ छ ।

लालसहितका नेता प्रवेश गरेको पार्टी तमलोपा शुरुमा महन्थ ठाकुरले गठन गरेका थिए । ठाकुर नेतृत्वको तमलोपाले अरु दलसँग मिलेर राष्ट्रिय जनता पार्टी ९राजपा० बनाएपछि जनकपुरधामकै शिवशंकर लाल कर्णले तमलोपा दर्ता गराएका थिए ।

कर्ण लालका आफन्त हुन् । अब लाललाई अध्यक्ष बनाएर पार्टी पुनर्गठन गर्ने तयारी रहेको नेताहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]