०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

एमसिसी प्रस्तावबारे छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१३ फागुन। अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे छलफल गर्न आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।

बैठक दिउँसो १ बजेका लागि तय छ ।

एमसिसी प्रस्तावमाथि प्रतिनिधिसभामा बिहीबार नै छलफल गर्ने कार्यसूची थियो । तर अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा शुक्रबारसम्मका लागि बैठक स्थगित भयो ।

एमसिसी संसद्बाट अनुमोदन हुन बहुमत आवश्यक पर्छ । तर एमसिसीलाई लिएर सत्ता साझेदार दल नै विभाजित बनेका छन् । नेपाली कांग्रेस यथास्थितिमा एमसिसी पास गर्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्र यसको ठीकविपरीत छ । सत्ता साझेदार एकीकृत समाजवादी र जनता समाजवादीभित्र पनि दुई धार देखिएको छ ।

गठबन्धनका दलबाट साथ नमिल्ने देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद जुटेका छन् । विभिन्न चरणमा वार्ता गरिसकेका देउवाले बिहीबार पनि ओलीसँग छलफल गरे । तर सहमति जुटिसकेको छैन । नेताहरूले संवाद सकारात्मक रहेको र शुक्रबार यसले मूर्तरूप लिने विश्वास व्यक्त गरेका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]