३० बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

‘चीनको अग्निपरीक्षा’ मा प्रचण्ड, ओली र माधव नेपाल

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं, १३ माघ । यतिबेला चीन नेपाल मामलामा खुलेरै आएको छ । चीनले कम्युनिस्ट शक्ति एक बनाउन भूमिका खेलेको खुल्दै गएको छ । तर, ती शक्ति फुट्न खोज्दा रोक्ने प्रयासमा भने सफलता हासिल गर्न सकेन ।

नेकपा हुँदा चिनियाँ कम्युनिस्ट पार्टीले संयुक्त प्रशिक्षण नै चलायो । यो नेपालको इतिहासमा कहिल्यै नभएको घटना थियो । चीन निर्माण क्षेत्रमा आक्रामक तरिकाले नेपालमा आयो । ठूला आयोजनाहरुमा चिनियाँ कम्पनीले ठेक्का पाए । सेनाले निर्माण गरिरहेको काठमाडौं तराई द्रुत मार्गको ठेक्का, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, रिङरोडको स्तोरोन्नतिलगायतमा उदाहरण हुन् ।

चीन राजनीतिक र आर्थिक क्षेत्रमा मात्र नभई शैक्षिक क्षेत्रमा पनि सक्रिय भयो । चिनियाँ भाषा अध्यापन गराउने चिनियाँ नागरिकहरु विद्यालयहरुमा पुग्न थाले । यी सबै घटनाहरु कम्युनिस्ट प्रधानमन्त्री हुँदा भयो ।

चीनले नेपालका कम्युनिस्ट शक्तिलाई मित्र शक्ति मान्यो । त्यसमा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सबैभन्दा नजिकका देखिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चीनसँग महत्वपूर्ण सम्झौताहरु भए । चिनियाँ भूमिका नेपालमा बढ्न पुग्यो । पछिल्लो समय नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको पनि चीनसँग सम्बन्ध सुदृढ भएको छ ।

कम्युनिस्ट शक्ति एक हुँदा चीनका लागि नेपाल प्रभाव बढाउने सहज बाटो बन्यो । यसकारण उसले अझै पनि कम्युनिस्ट शक्तिमा भरोसा राखेको छ । नेपाली काँग्रेस नेतृत्वको सरकार बनेलगत्तै चीनसँगको सीमा समस्याको अध्ययनहरु हुनथाल्यो । प्रमाणहरु पनि जुट्यो । रिपोर्ट सार्वजनिक नभई चीन सीमा समस्या नभएको बोल्न पुग्यो । चीनभन्दा अघि ओली बोले । उनले चीनसँग कुनै सीमा समस्या नभएको जिकिर गरिरहे ।

अहिले चीनले नेपालमा अमेरिका र भारतको चुनौतीको सामना गर्न थालेको छ । विशेषगरी एमसीसीप्रति चीन सन्तुष्ट छैन । यसविरुद्ध खुलेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताहरुले अमेरिकालाई चेतावनी दिने गरी एमसीसीविरुद्ध खुलेरै बोलिसकेका छन् ।

११ फागुनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले चीनले चेतावनीका रुपमा एमसीसीलाई लाद्न खोजेको आरोप लगाइन् । उनले भनिन्, ‘मलाई आश्चर्य लागेको छ जब उपहार आउँछ त्यो एउटा चेतावनीको प्याकेटका रुपमा कसरी आउन सक्छ ?’ उनले एमसीसीतर्फ संकेत गर्दै नेपाली जनताले कसरी स्वकार्न सक्छन् भनी प्रश्न गरिन् । यसलाई चपाउन नसकिने मासुको संज्ञा दिइन् ।

यसअघि ६ फागुनमा चिनियाँ विदेश मन्त्रालयका अर्का प्रवक्ता वाङ वेनबिनले एमसीसीतर्फ संकेत गर्दै राजनीतिक स्वार्थ जोडिएको सहयोग भन्दै प्रश्न गरेका थिए । उनले भनेका थिए, ‘नेपालको सम्प्रभूता र हितमा असर पुर्याउने गरी धम्कीपूर्ण कूटनीतिका माध्यमबाट आफ्नो स्वार्थ बढाउने विषयको हामी विरोध गर्छौं ।’

एमसीसी निर्णायक अवस्थामा पुग्दै गर्दा चीनको सक्रियता बढेको छ । विभिन्न माध्यमले सम्पर्क र कुराकानी गर्न थालेका छन् । चिनियाँ अधिकारीहरुले ओली, प्रचण्ड र माधव नेपालसँग एमसीसीबारे कुराकानी गर्न थालेका हुन् ।

ओलीसँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले १२ फागुनमा भिडियो संवाद गरी एमसीसीबारे चासो राखिसकेका छन् । ओलीले एमसीसी पारित गर्ने पक्षमा जाने संकेतहरु देखाउन थालेपछि चीनले दबाबका लागि उच्च तहको नेतामार्फत् संवाद गरेको छ ।

१२ फागुनमै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि चीनले एमसीसीबारे कुारकानी गरेको छ । उनीसँग विदेश विभाग उपप्रमुख चेन झाओले भिडियो संवाद गरेका हुन् ।

प्रचण्डसँग पनि चिनियाँ पक्ष नियमित जसो संवादमा छ । यसरी चीनले प्रमुख कम्युनिस्ट पार्टीका नेताहरुमार्फत् दबाब बढाइरहेको छ । तर, एमसीसीबारे नेताहरुको धारणा समान छैन ।

प्रचण्ड एमसीसीको विपक्षमा छन् । माधव नेपाल केही लचिलो भएपनि पक्षमा मतदान गर्न तयार छैनन् । ओली निर्णय नलिई बसेका छन् । अब ओलीको भूमिकाले एमसीसीले कस्तो निकास पाउने हो निक्र्यौल गर्छ ।

एमसीसीबारे ओली र प्रचण्डको फरक मत रहेमा कम्युनिस्ट शक्तिमाथि ठूलो दुर्घटना हुनसक्छ । यसलाई चीनले निकै चासोका साथ लिएको देखिन्छ । यसकारण चीनले दुवै शक्ति मिलाउने प्रयास गरिरहेको छ ।

शेषगरी, अमेरिकी प्रभाव नेपालमा पर्न नदिन उसले ओली र प्रचण्डमाथि दबाब बढाइरहेको छ । चीनका लागि कम्युनिस्ट नेताहरुको अग्निपरीक्षा भइरहेको देखिदैछ । उनीहरु चीनको रणनीतिक स्वार्थको सम्बोधनमा सहयोगी हुने हुन् या होइनन् ? चासोको विषय बेइजिङमा बनिरहेको पछिल्ला घटनाक्रम, संवाद र चिनियाँ अधिकारीहरुको अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]