११ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

कांग्रेस धनुषाको जिल्ला अधिवेशन फागुन २० गते हुने : सचिव यादव

Logo
प्रकाशित शनिबार, फाल्गुण १४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१४ फागुन । नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशन सरेको छ। शुक्रबार बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन फागुन २० गतेबाट सुरु गर्ने निर्णय गरेको जिल्ला सचिव विश्वेश्वर यादवले जानकारी दिए।

यसअघि १५ गतेका लागि जिल्ला अधिवेशन केन्द्रले निर्धारण गरेका थिए।

सांसदहरु एमसिसीको विषयमा १६ गते सदनमा हुने छलफलमा भाग लिन सहभागी हुन जानुपर्ने तथा १९ गते मिथिलाको महत्वपूर्ण धार्मिक पदयात्रा माध्यमिकी मिथिला परिक्रमा प्रारम्भ हुने भएकोले जिल्ला अधिवेशन सारिएको कांग्रेस धनुषाका सचिव यादवले जानकारी दिए।

निर्धारित नयाँ मिति अनुसार जिल्लाले २० गते उम्मेदवारी दर्ता, २१ गते दाबी बिरोध तथा उम्मेदवारी फिर्ता, २२ गते निर्वाचनको अन्तिम नामावली प्रकाशन र २३ गते निर्वाचन गर्ने निर्णय गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]