११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

ऋषिवंश एकता सेवा समाजद्वारा बाढिबाट पीडित भएका मुसहर समुदायलाई राहत

Logo
प्रकाशित सोमबार, साउन ०६, २०७६

मोहन सदा , जनकपुरधाम ।लगातार वर्षापछिको विनाशकारी बाढीबाट पीडित भएको घरपरिवारलाई ऋषिवश एकता सेवा समाज नेपालद्वारा राहत वितरण गरिएको छ।

धनुषाको पुर्वी क्षेत्र कमला नदिको पछिपट्टी रहेको बिहारको सिमामा पर्ने कमला नदिको बाढीले अत्ति प्रभावित जनकनन्दनी गाउपालिका वडा नं. १स्थित रहेको ईनरवनको मुसहरी समुदायको टोलमा ऋषिवंश एकता सेवा समाज संस्थाले शनिबार राहत वितरण गरेका हुन।

विनाशकारी बाढीले अस्तव्यस्त बनाएको उक्त बस्तीमा ऋषिवंश एकता सेवा समाज कतार, मलेसिया, सउदि अरब, दुबई, कुबेत, ईन्डिया लगायत देशमा रहेको उपशाखाहरुको सहयोगमा ६० भन्दाबढि घरपरिवारलाई राहतमा बच्चाहरूको लागि न्यानो कपडा वितरण गरेको थियो।

कमला नदिमा आएको बाढिबाट गाउँमा पानी पसेपछि खाद्यान्न,लत्ताकपडालगाइतका समाग्रीहरु बगाएपछि राहतको पर्खाइमा बसेका मुसहर समुदायलाई राहत वितरण कार्यक्रममा प्र.द उमेश कुमार साह ,प्र.नवराज कुमार पटेलको उपस्तिथिमा राहत दिएको छ।

त्यसैगरी ऋषिवंश एकता सेवा समाज नेपालका अध्यक्ष लोचन सदा, शाखा साउदी  क्रियाशिल सदस्य भोगिन्द्र सदा,अजय सदा,अभिषेक सदा, अर्जुन सदालगातारका व्यक्तिहरुको उपस्थितमा राहत स्वरुप २०० बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

राजविराज । सप्तरीको तिलाठी कोईलाडी नगरपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौ जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। नगरपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका केन्द्रिय सदस्य डा.सीके सिंह र जनमत पार्टी सप्तरी इन्चार्ज राम गमन साहले नव प्रवेशी नेताकार्यकर्तालाई टीका लगाएर पार्टीमा […]