०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

नेपाल इन्जिनियर्स एशोसिएशनको मधेश अध्यक्षमा पण्डित निर्वाचित

Logo
प्रकाशित बिहिबार, चैत्र ०३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,३ चैत्र । नेपाल इन्जिनियर्स एशोसिएशनको मधेश प्रदेश अध्यक्षमा गौरी पण्डित ४ सय ३ मत ल्याएर निर्वाचित भएका छन् ।

पण्डितले गैर राजनीतिक इन्जिनियर संगठन नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको तर्फबाट उम्मेदवारी दिएका थिए ।

जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका उम्मेदवार श्यामकिशोर यादवले ३ सय ५१ मत ल्याए भने कांग्रेसनिकट राजेश यादवले १ सय ७१ मत पाए ।

अध्यक्ष पदका अर्का उम्मेदवार दीपेन्द्रकुमार साहले २३७ र इन्द्रभूषण झाले ८१ मत प्राप्त गरे । उपाध्यक्षमा गठबन्धनका उम्मेदवार कार्तिकेश झा ३२४ मत ल्याएर र सचिवमा गठबन्धनकै रामनारायण यादवले ३७५ मत ल्याएर निर्वाचित भए ।

सहसचिवमा कांग्रेस निकट रामइश्वर यादव ४२६ मत ल्याएर निर्वाचित भएभने कोषाध्यक्षमा गैर राजनीतिक संगठनका तेजनारायण यादव ४ सय ३० मत ल्याएर विजयी भएका छन् ।

सदस्यमा नेहा कर्ण ४९०, सितेश कुमार यादव ४२८, अंचली ठाकुर ३ सय ९६, प्रबीणकुमार यादव ३८३, रबीकुमार साह ३ सय ६७, प्रियांसु कुमार गुप्ता ३६०, सुमी मिश्रा ३ सय ५२, रीताकुमारी यादव ३५२, दीपककुमार मण्डल ३४०, बिनिताकुमारी यादव ३४० मत ल्याएर निर्वाचित भएका छन् । यसमध्ये ७ जना आफ्नो संगठनबाट निर्वाचित भएको गैर राजनीतिक संगठनले जनाएको छ ।

प्रदेशबाट केन्द्रीय सदस्यमा गठबन्धनका सञ्जय कुमार यादव ४२१ मत ल्याएर निर्वाचित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

पर्सा । मधेश प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेका छन् । यहाँ बिमासम्बन्धी सचेतनाको कमी र सीमापार बिमा गर्ने परिपाटीका कारण बिमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म […]