१८ बैशाख २०८२, शुक्रबार
02-05-2025 , Fri
×

डा राम प्रसाद यादव माओवादी छाडेर जनमतमा प्रवेश ,उपमहासचिव यदवले स्वागत गरे

Logo
प्रकाशित मंगलबार, चैत्र ०८, २०७८

न्यूजमधेश डेस्क
सिरहा,८ चैत्र । माओवादीको कर्मचारी सँघको एक केन्द्रीय सदस्य डा राम प्रसाद यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । उनलाई पार्टीका राष्ट्रिय उपमहासचिव ई .इन्द्रजित यादवले पार्टीमा स्वागत गरेका हुन।

माओवादी पार्टी कर्मचारी संघको केन्द्रीय सदस्य तथा भेटनरीको रिटायर्ड अधिकृत जनमतमा प्रवेश गरेको हो ।

माओवादी पार्टी मा रहेर समाजको विकास, समृद्धि , समतामुलक समाज निर्माणको लागि संघर्ष गर्दै आए पनि विभिन्न पार्टीले मधेशको समस्या समाधान गर्न नसकेको कारणले जनमत पार्टी रोज्नु परेको बताए ।

मधेशको अधिकार र समाजको समृद्धि मात्रै अब जनमतले गर्न सक्ने बताए ।

आफ्नो मन्तव्य राख्दै भाबुक बनेका यादव रिटायर्ड अबस्थामा अब समाजको लागी केही गर्ने अठोट राखेरै जनमतमा प्रवेश गरेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]