२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

डा राम प्रसाद यादव माओवादी छाडेर जनमतमा प्रवेश ,उपमहासचिव यदवले स्वागत गरे

Logo
प्रकाशित मंगलबार, चैत्र ०८, २०७८

न्यूजमधेश डेस्क
सिरहा,८ चैत्र । माओवादीको कर्मचारी सँघको एक केन्द्रीय सदस्य डा राम प्रसाद यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । उनलाई पार्टीका राष्ट्रिय उपमहासचिव ई .इन्द्रजित यादवले पार्टीमा स्वागत गरेका हुन।

माओवादी पार्टी कर्मचारी संघको केन्द्रीय सदस्य तथा भेटनरीको रिटायर्ड अधिकृत जनमतमा प्रवेश गरेको हो ।

माओवादी पार्टी मा रहेर समाजको विकास, समृद्धि , समतामुलक समाज निर्माणको लागि संघर्ष गर्दै आए पनि विभिन्न पार्टीले मधेशको समस्या समाधान गर्न नसकेको कारणले जनमत पार्टी रोज्नु परेको बताए ।

मधेशको अधिकार र समाजको समृद्धि मात्रै अब जनमतले गर्न सक्ने बताए ।

आफ्नो मन्तव्य राख्दै भाबुक बनेका यादव रिटायर्ड अबस्थामा अब समाजको लागी केही गर्ने अठोट राखेरै जनमतमा प्रवेश गरेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]