
न्यूजमधेश डेस्क
महोत्तरी ,२० चैत्र।भोलि सोमबार जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत महोत्तरी जान लागेको हो।
बिगत दुई महिनादेखि चलाउदै आइरहेको जनमत माटो यात्राको क्रममा भोलि महोत्तरीको विभिन्न पालिकामा माटो संकलन गर्ने कार्यक्रम रहेको जनमत पार्टी महोत्तरीका जिल्ला सचीव बिरेन्द्र कुमार मण्डलले बताउभयो।
महोत्तरीको सोनमा गाउँपालिका ,औरही नगरपालिका ,भंगहा नगरपालिकामा माटो संकलन गर्दै अध्यक्ष डा . सीके राउत पालिकाका जनता संग प्रत्येक भेटघाट गर्ने उनले भने।
उक्त यात्रामा पार्टीका नेता कार्यकर्ता ,युवा,विद्यार्थी ,किसान र महिलालगाइतका सम्पुर्ण जनसमुदायलाई सहभागी हुन समेत जिल्ला सचीव मण्डलले आग्रह गर्नुभएको छ।