१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

राजपाविरुद्ध राजधानीमा आन्दोलन गर्ने,टिकापुरका युवाहरु चेतावनी

Logo
प्रकाशित बिहिबार, साउन ०९, २०७६

काठमाडौ ।टिकापुरका युवाहरु काठमाडौको माइतीघर मण्डलामा सांसद रेशम चौधरीलाई बचाउ माग गर्दै
बुधबार धर्नामा बसेका थिए।

उनिहरु माननीय रेशम चौधरी बचाउ अभियानको ब्यानर लिएर आज माइतीघर मण्डलामा ‘माननीय रेशम चौधरी निर्दोष छ भन्दै त्यसको प्रमाण ३४३४१ भोटर साक्षी छन्,’ अभियानका संयोजक टीकापुर चौधरीले भने, ‘त्यसकारण उहाँलाई बिनासर्त रिहाई गर्नुपर्छ।’

उनले माननीय रेशम चौधरीको पार्टी राजपाले पनि उहाँको मुद्दामा चासो नदिएको आरोप लगाए। थारुको मत पाएर राष्ट्रिय पार्टी बनेको राजपा नेतालाई उनले भने, ‘थारुको मत पाएर राजपा राष्ट्रिय पार्टी बन्यो, अहिले थारु जनप्रतिनिधिलाई नै हेला गर्ने? यस्तै हो भने हामीहरु अब राजपाविरुद्ध आन्दोलनमा उत्रिन्छौं,’ उनले भने।राजपा नेताहरुलाई भेटेर दबाब दिने उनीहरुको योजना रहेको संयोजक चौधरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

राजविराज । सप्तरीको तिलाठी कोईलाडी नगरपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौ जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। नगरपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका केन्द्रिय सदस्य डा.सीके सिंह र जनमत पार्टी सप्तरी इन्चार्ज राम गमन साहले नव प्रवेशी नेताकार्यकर्तालाई टीका लगाएर पार्टीमा […]