१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

निर्वाचन आयोगले ७६ जिल्लाको मतपत्र छापियो, ४३ जिल्लामा ढुवानी

Logo
प्रकाशित शनिबार, बैशाख १७, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१७ बैशाख । निर्वाचन आयोगले ६ वटा महानगरपालिका र भक्तपुर जिल्ला बाहेकका सबै जिल्लाको मतपत्रको छपाइ सकिएको जनाएको छ।

आयोगका अनुसार ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाई भइसकेको जनाएको हो। ६ वटा महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्र भने उम्मेदवारले चुनाव चिह्न पाइसकेपछि छाप्ने आयोगले जनाएको छ।

कायम रहेका दल तथा स्वतन्त्र उम्मेदवारको मात्रै चुनाव चिह्न राखेर मतपत्र छाप्नका लागि यसो गरिएको आयोगले जनाएको छ। आयोगले छापिएका मतपत्र धमाधम सम्बन्धित जिल्लामा पठाइरहेको छ।

हालसम्म ४३ जिल्लाका ७५ लाख ७३ हजार मतपत्र ढुवानी भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरुमा मतपत्र पुगिसकेको र अन्य जिल्लाहरुमा पुग्ने क्रम जारी रहेको पौडेको भनाइ छ। मनाङ र मुस्ताङमा भने हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

काठमाडौँ, १८ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना तीव्रगतिमा अगाडि बढिरहेको जानकारी दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले गर्नुभएको प्रश्नको उत्तर दिँदै उहाँले मेलम्चीको पानी बाह्रै महिना उपत्यकावासीको धारामा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो । मन्त्री यादवले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता […]