१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

मेयरमा चुनाव लड्दैं ३४ वर्षीय युवा डाक्टर भन्छन्, ‘नगरको विकासका लागि मेरो उम्मेदवारी हो’

Logo
प्रकाशित बिहिबार, बैशाख २२, २०७९

न्यूजमधेश डेस्क
जाकपुरधाम,२१ बैशाख ।यतिबेला मुलुकमा स्थानीय तह निर्वाचनको माहौल तातेको छ । अधिकारसम्पन्न स्थानीय तहको अभ्यास सुरु भएसँगै पढेलेखेका युवा पनि आफ्नो गाउँ र नगर विकासका लागि राजनीतिमा होमिएका छन् ।

रौतहटको वौद्धीमाई नगरपालिकामा जनमत पार्टीबाट मेयरको उम्मेदवार बनेका छन्, डा. सुबन्तकुमार कुशवाहा ।रौतहटको वौद्धीमाई—४ बकुंलका स्थानीय वासिन्दा उनी गाउँमै माँ जानकी अस्पताल सञ्चालन गरिरहेका छन् ।

‘गाउँमै अस्पताल खोलेर सेवा गर्दागर्दै स्थानीय जनसमुदायले मेयरमा उम्मेदवार बन्न आग्रह गर्नुभयो,’ न्यूजमधेशसँगको टेलिफोन कुराकानीमा ३४ वर्षीय युवा चिकित्सक डा. सुबन्तले भने, ‘समग्र रुपमा नगरको विकास गर्नका लागि मैले उम्मेदवारी दिएको हुँ ।’ २ वर्षअघि मात्रै उनले कोभिड—१९ को पहिलो लहरपछि गाउँमै गएर स्वास्थ्य सेवा दिने उद्देश्यले माँ जानकी हस्पिटल सञ्चालनमा ल्याएका थिए ।

त्यसले उनको नगरवासीसँग राम्रो जनसम्पर्क बन्यो । त्यही जनसम्पर्क उनका लागि मेयरको उम्मेदवार बन्ने कारण बनेको हो । झण्डै १ करोड लगानीमा उक्त अस्पताल सञ्चालनमा ल्याएपछि नगरवासीले गाउँमै स्वास्थ्य सेवा पाए । जसमा १५ जनाले रोजगारी समेत पाएको डा. सुबन्त बताउँछन् ।

५ वर्ष निःशुल्क उपचारका लागि निःशुल्क स्वास्थ्य बिमा, नगरभित्रका स्वास्थ्य संस्थाको गुणस्तरवृद्धि र सबै सुविधा भएको ५ सय बेडको नयाँ अस्पताल स्थापनालाई उनले स्वास्थ्यको चुनावी एजेण्डा बनाएका छन् । त्यसबाहेक शिक्षा, रोजगार, सूचना प्रविधी, औधोगिकीकरण, कृषि, पूर्वाधार विकास, खानेपानी तथा सरसफाइ, सुरक्षाव्यवस्था, खेलकूदलगायतका कुरालाई पनि उनले आफ्नो चुनावी एजेण्डाका रुपमा अघि सारेका छन् ।

एमबीबीएस पढ्दैदेखि राजनीतिमा सन् २०१४ मा डा. सुबन्त नेपालगन्ज मेडिकल कलेजबाट एमबीबीएस सके । त्यसपछि उनले एक वर्ष थापाथलीस्थित नर्भिङ अन्तर्राष्ट्रिय अस्पताल, १ वर्ष दोलखा सामुदायिक अस्पताल र एक वर्ष नेपाल भारत मैत्री हस्पिटलमा बिरामी सेवा बिताएका हुन् ।

सन् २०१९ मा भारतको राजस्थान युनिभर्सिटी अफ हेल्थ साइन्सबाट एमपीएचको अध्ययन सकेका उनी युवाहरुले मात्रै नगर र गाउँको विकास तथा रुपान्तरण गर्न सक्ने धारणा राख्छन् । ‘योजनावद्ध र वैज्ञानिक विकासका लागि युवा उर्जा आवश्यक भइसकेको छ,’ उनले भने, ‘त्यसैले हामीजस्ता युवाहरु राजनीतिमा आउन जरुरी छ ।’ डा. सुवन्त नेपालगन्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्दै थिए । त्यहीबेला उनको जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग भेट भयो । त्यही भेटपछि उनको राजनीतिप्रति झुकाव बढ्यो ।

जनमत पार्टी औपचारिक रुपमा दर्ता भएपछि उनी पार्टीको भातृ संगठन चिकित्सक जनमत संघका संस्थापक उपाध्यक्ष भए । त्यसपछि भएको जनमत पार्टीको प्रथम राष्ट्रिय अधिवेसनबाट पार्टीको केन्द्रीय सदस्य निर्वाचित भए । स्थानीय तह निर्वाचन—२०७९ मा उनलाई जनमत पार्टीले वौद्धीमाई नगरप्रमुखको उम्मेदवार बनायो । अहिले डा. सुवन्त स्थानीय तहमा आफ्नो प्रचारमा व्यक्त रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

जनकपुरधाम। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य […]

जनकपुरधाम । नेकपा एमालेका सचिव रघुवीर महासेठलाई भव्य स्वागत गरिएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेर गृह जिल्ला पुग्दा महासेठलाई भव्य स्वागत गरिएको हो । जनकपुरधाम विमानस्थलमा उपप्रधानमन्त्री महासेठलाई एमाले नेता कार्यकर्ताहरूले १०१ किलोको मालाले स्वागत गरेका हुन् । महासेठ प्रभावशाली मन्त्री बनेकोमा नेता कार्यकर्ताहरू उत्साहित देखिएका थिए । महासेठको स्वागत […]