२१ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

मटिहानीमा गडबडी भएको भन्दै पुन: मतगणना गराउन स्थानीयको माग

Logo
प्रकाशित बिहिबार, जेठ ०५, २०७९

महोत्तरी । ‘स्थानीय निर्वाचन २०७९’ बैशाख ३० गते निर्वाचन भएको मतको नतिजा मटिहानी नगरपालिका वार्ड न.७ सम्मको मतगणना सम्पन्न भएको छ।

मटिहानीको वडा ५ सम्ममा जसपाको मेयरको मतमा अग्रता देखिदै आइरहेको थियो। मटिहानीका वडा ६ मा आउने बित्तिकै एक्कासि प्रतिद्वन्दी लोसपाका मेयरको मत बढिरहेको देख्दा स्थानीयलाई सुरक्षाको कमि हुन थालेको छ।

मटिहानीमा गोप्य धान्धली रुपमा एकै पेटिकालाई बारम्बार मतगणना गरिरहेको स्थानीयले आरोप लगाउदै पुन:मतगणना गराउन माग गरेका छन् । निर्वाचन अधिकृत, प्रशासन र पुर्व मेयर हरि प्रसाद मण्डलको मिलोमतोमा मटिहानी नपाका वडामा मतगणनामा बारम्बार एकै पेटिकालाई गणना गरिने हुँदा गडबडी भइरहेको नेताकार्यकर्ता र स्थानीयको पूरा शंका रह्दै आएको छ। निर्वाचन मतगणनामा सुरक्षा अन्योल भएको नेताहरूले बताएका हुन् ।

मटिहानी वडाको मतपेटिकामा स्वास्तिक छाप एकै पार्टीको मात्रै आउने जब कि त्यो वडामा हरेक पार्टीका मत रहदै आएको छ। मटिहानीका मेयर उम्मेदवार नेकपा एमालेका हेमचन्द्र यादव, नेपाली काङ्ग्रेसका राम पदार्थ साह, माओवादी केन्द्रका कमलेश मण्डल, मो. मोजिबुल रहमान, जनमत पार्टी लगायतका पार्टी मेयर उम्मेदवार प्रतिनिधिहरुले आरोप लगाउदै मटिहानीका ६ वडा देखि ९ सम्म पुन: मतगणना गराउन माग गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]