०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

जनमत पार्टीको सांसद् उम्मेदबारले प्रचार-प्रसार खर्च पहिला नै जम्मा गराउनु पर्ने

Logo
प्रकाशित बुधबार, जेठ २५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२५ जेष्ठ ।जनमत पार्टीको सांसद उम्मेदवारले प्रचार -प्रसार खर्च पहिलानै जम्म गर्नुपर्ने निर्णय गरेको छ।

पार्टीका केन्द्रिय कार्यकारिणी समितिको बैठकबाट यस्तो निर्णय गरेका हुन।स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि समिक्षा बैठकबाट जनमत पार्टीका अधिकांश उम्मेदवारहरुले आर्थिक अभावको कारणले मनोनयन दर्ता गराएपछि घरमै बसिदिएको र समान्य प्रचारप्रसार समेत नगरेको देखिएको हुनाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आर्थिक मापदण्ड कडाइका साथ लागू गर्ने निर्णय गरेको छ।

अगामी कार्तिक र मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाका सांसद उम्मेदवारले चुनावी प्रचारप्रसार खर्च पहिलानै पार्टीमा जम्मा गर्नुपर्ने पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले बताउनु भएको छ।

अगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको उम्मेदवारले मनोनयन पत्र प्राप्त गर्नु अगावै पार्टीको प्रचारप्रसार समितीमा निर्वाचन आयोगले तोकेको खर्च हदबमोजिमको जम्म गर्नु पर्ने भएको छ।

सो रकम सोही निर्वाचन क्षेत्रको प्रचारप्रसार समितिले प्रचारप्रसारको लागि खर्च गर्नेछ।उम्मेदवारले कुनै पनि चरणमा उम्मेदवारी फिर्ता लिएमा सो रकम फिर्ता हुने छैन।

त्यसैगरी समानुपातिकको सुचिमा अन्य मापदण्डहरु पूरा गरे पश्चात् आर्थिक मापदण्डको रुपमा प्रत्यक्ष उम्मेदवारहरुले जम्म गरेको रकमको दोब्बर रकम फिर्ता नहुने गरि पार्टीको खातामा बुझाउनु पर्नेछ ।सो रकम राष्ट्रिय स्तरमै पार्टीको प्रचारप्रसार गर्न कार्यक्रम तथा सभा आयोजना गर्न र निर्वाचन खर्चमा समेत प्रयोग गरिने पार्टीले निर्णय गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]