०६ बैशाख २०८१, बिहिबार
18-04-2024 , Thu
×

जनमत पार्टीको सांसद् उम्मेदबारले प्रचार-प्रसार खर्च पहिला नै जम्मा गराउनु पर्ने

Logo
प्रकाशित बुधबार, जेठ २५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२५ जेष्ठ ।जनमत पार्टीको सांसद उम्मेदवारले प्रचार -प्रसार खर्च पहिलानै जम्म गर्नुपर्ने निर्णय गरेको छ।

पार्टीका केन्द्रिय कार्यकारिणी समितिको बैठकबाट यस्तो निर्णय गरेका हुन।स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि समिक्षा बैठकबाट जनमत पार्टीका अधिकांश उम्मेदवारहरुले आर्थिक अभावको कारणले मनोनयन दर्ता गराएपछि घरमै बसिदिएको र समान्य प्रचारप्रसार समेत नगरेको देखिएको हुनाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आर्थिक मापदण्ड कडाइका साथ लागू गर्ने निर्णय गरेको छ।

अगामी कार्तिक र मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाका सांसद उम्मेदवारले चुनावी प्रचारप्रसार खर्च पहिलानै पार्टीमा जम्मा गर्नुपर्ने पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले बताउनु भएको छ।

अगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको उम्मेदवारले मनोनयन पत्र प्राप्त गर्नु अगावै पार्टीको प्रचारप्रसार समितीमा निर्वाचन आयोगले तोकेको खर्च हदबमोजिमको जम्म गर्नु पर्ने भएको छ।

सो रकम सोही निर्वाचन क्षेत्रको प्रचारप्रसार समितिले प्रचारप्रसारको लागि खर्च गर्नेछ।उम्मेदवारले कुनै पनि चरणमा उम्मेदवारी फिर्ता लिएमा सो रकम फिर्ता हुने छैन।

त्यसैगरी समानुपातिकको सुचिमा अन्य मापदण्डहरु पूरा गरे पश्चात् आर्थिक मापदण्डको रुपमा प्रत्यक्ष उम्मेदवारहरुले जम्म गरेको रकमको दोब्बर रकम फिर्ता नहुने गरि पार्टीको खातामा बुझाउनु पर्नेछ ।सो रकम राष्ट्रिय स्तरमै पार्टीको प्रचारप्रसार गर्न कार्यक्रम तथा सभा आयोजना गर्न र निर्वाचन खर्चमा समेत प्रयोग गरिने पार्टीले निर्णय गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]

जनकपुरधाम । तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्व शीतलताको प्रतिक हो । नव वर्षको शुभारम्भसँगै हरेक वर्ष वैशाख २ गते तराईरमधेश क्षेत्रमा जुड़शीतल मनाइन्छ । आज एकाबिहानै शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने चलन छ । यो पर्वको उद्देश्य सूर्यको […]