११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

बलात्कार गरेकाे अभुयोगमा वडासदस्य पक्राउ

Logo
प्रकाशित बुधबार, साउन १५, २०७६

पर्वत । ९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा कुश्मा नगरपालिकाका एक वडा सदस्य पक्राउ परेको छ । कुश्मा नगरपालिका – ९ कटुवाचौपारीका निर्वाचित वडा सदस्य ६९ वर्षीय विष्णुहरी पराजुली पक्राउ परेका हुन् ।

पराजुलीले साउन ६ गते सोही स्थानमा बसोबास गर्ने बालिकालाई यौन दुर्व्यवहार गरेको पीडित परिवारको उजुरीमा उल्लेख छ । स्थानीय मिल नजिकै बालिकामाथि दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

आरोपित पराजुलीलाई मंगलबार जिल्ला अदालत पर्वतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।

दुर्व्यवहारको घटना गाउँमै आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको भएपनि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरिक्षक रायमाझीले जानकारी दिनुभयो । पराजुली स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी भएका हुन् ।- जनता समाचार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

राजविराज । सप्तरीको तिलाठी कोईलाडी नगरपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौ जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। नगरपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका केन्द्रिय सदस्य डा.सीके सिंह र जनमत पार्टी सप्तरी इन्चार्ज राम गमन साहले नव प्रवेशी नेताकार्यकर्तालाई टीका लगाएर पार्टीमा […]

बारा । बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा आज बिहानै स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेको थियो […]