१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

कञ्चनपुरका विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक

Logo
प्रकाशित मंगलबार, जेठ ३१, २०७९

न्यूजमधेश डेस्क
कञ्चनपुर,३१ जेष्ठ । शैक्षिक सत्र सुरु भएको दुई महिना पुग्नै लाग्दा अझै पनि कञ्चनपुरका सामुदायिक विद्यालयका सबै विद्यार्थीका हातमा पा्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुगेपछि पठनपाठनमा समस्या हुने गरेको छ । ‘केही कक्षामा विद्यार्थीलाई पुराना पुस्तक दिएर काम चलाउँदै आएका छौँ,’ शुक्लाफाँटा नगरपालिका– ६ मा रहेको बैजनाथ माध्यमिक विद्यालयका शिक्षक प्रकाश उप्रेतीले भने, ‘पाठ्यपुस्तक फेरिएका कक्षामा पठनपाठन गराउन कठिन भएको छ।’

किताबी कुरा सिकाउन नपाएको उल्लेख गर्दै उहाँले व्यावहारिक कुरा विद्यार्थीलाई सिकाइने गरेको बताए। ‘पाठ्यपुस्तक छैनन् । कक्षा कोठामा त्यतिकै बस्नु भएन,’ उनले भने, ‘कहिले विद्यार्थीलाई निबन्ध, निवेदन, चिठ्ठी पत्र लेख्ने तरिका सिकाउने गरेका छौँ।’ कक्षा ४, ७ र ९ को कोर्सनै परिवर्तन भएको छ । ती कक्षाका विद्यार्थीलाई कसरी पढाउने भन्ने पिरलो बढी रहेको उनले बताए।

शुक्लाफाँटाका अधिकांश सामुदायिक विद्यालयमा अझै नयाँ पाठ्यपुस्तक पुगेका छैनन् । सुगमको क्षेत्र भए पनि पाठ्यपुस्तक नपुग्नु बिडम्बनानै भएको पूर्व शिक्षक शेरबहादुर भण्डारी बताउछन्। ‘पाठयपुस्तक समयमै नपुगे विद्यार्थीले कसरी पढन सक्छन् । विद्यालयमा पढाएको कुरालाई घरमा दोहोर्याउनका लागि पाठ्यपुस्तकनै चाहिन्छ,’ उनले भने, ‘पाठ्यपुस्तकको व्यवस्थाका लागि स्थानीय तहले पनि दायित्व वहन गर्नुपर्छ । त्यसो गरेको देखिदैँन।’

पुनर्वास नगरपालिका– ११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय अमरबस्तीका शिक्षक विजय उपाध्याय विद्यालयमा पढने ६० प्रतिशत जति विद्यार्थीले मात्रै नयाँ पाठ्यपुस्तक पाएको बताउछन्। ‘विद्यार्थीको सङ्ख्या अनुसारको पाठ्यपुस्तक माग गरेकै छौंँ,’ उनले भने, ‘जनक शिक्षा सामग्री केन्द्र लिमिटेड धनगढीले पाठपुस्तकनै पु¥याउन सकिरहेको छैन । पाठ्यपुस्तक पाएका विद्यार्थीले समेत पूरै सेट पुस्तक पाएका छैनन् । एक दुई पुस्तकको अभावनै रहेको छ।’

पाठ्यपुस्तक नपुगेका केही विद्यालयका शिक्षकले इन्टरनेटबाट पाठ्यपुस्तक डाउनलोड गरी पढाउनसमेत थालेका छन् । यसरी पढाउने शिक्षकको सङख्या भने थोरै छ । कक्षा कोठामा यसरी पढाएका विषय वस्तुलाई विद्यार्थीले घरमा पाठ्यपुस्तकै अभावमा दोहो¥याएर पढ्न पाउने गरेका छैनन् । जसबाट विद्यार्थीको पठनपाठनको कार्यमा अवरोध हुन थालेको छ । ‘शिक्षकले विद्यालयमा मौखिक रुपमा पढाएका विषय घर आउँदासम्म बिर्सीसकेका हुन्छौँ”, कक्षा ९ मा पढदै आएका विद्यार्थी अजय चौधरीले भने, ‘पाठ्यपुस्तक भए पढन सजिलो हुन्थ्यो पाउन सकेका छैनौँं । कहिले पाइने हो पत्तो छैन।’

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड धनगढीका प्रमुख ध्रुव पन्त भने सुदूरपश्चिमका नौ वटै जिल्लाका ७० देखि ८० प्रतिशत सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको दाबी गर्नुहुन्छ । ‘कुनै कुनै कक्षाको पूरै सेट पुग्न सकेको छैन,’ उनले भने, ‘अर्को हप्ताभित्रै अपुग भएका किताबसमेत आइपुग्छन् । पाठ्यपुस्तकनै नपुगेका विद्यालयमासमेत छिटो भन्दा छिटो कसरी पाठ्यपुस्तक पुगाउन सकिन्छ । त्यसका लागि काम अगाडि बढाएका छौंँ ।’

अपुग भएका २० हजार पुस्तक माग गरेको उहाँले बताए। ‘काठमाडौँबाट पुस्तक ल्याउनुपर्ने हुन्छ,’ उनले भने, ‘बाढी पहिरोका कारण सडक ठाउँ ठाउँमा अवरुद्ध हुँदा पाठ्यपुस्तक पुग्न ढिलाइ हुन गएको छ । बाढीपहिरोका कारण अवरुद्ध सडक चलिसकेकाले चाँडै अपुग पाठ्यपुस्तक विद्यालयमा पुग्छन् ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषाको एक विद्यालयले आफ्ना भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ। जिल्लाको विदेह नगरपालिका-६ तिनकौरिया चोकस्थित श्री जनता नमूना माध्यमिक विद्यालयमा आयोजना एक कार्यक्रमबिच बिहिवार भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ। सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधेश्याम गोइत यादवको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ धनुषाको प्रमुख चेत कुमार पोखरेलको प्रमुख अतिथ्यमा सम्पन्न भएको […]

काठमाडौँ । शिक्षा मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन् । मंगलबार सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरूसँग छलफल गर्दै शिक्षामन्त्री श्रेष्ठले यस्तो आग्रह गरेकी हुन् । मन्त्री श्रेष्ठले नयाँ शैक्षिक सत्रमा नयाँ भर्ना, पाठ्यपुस्तक वितरण, छात्रवृत्ति वितरण तथा संस्थागत विद्यालयको शुल्क नियमनका लागि प्रदेश सरकारको समन्वय आवश्यक रहेको बताइन् । उनले […]

सिरहा । मिर्चैयामा अवस्थित सगरमाथा माध्यमिक विद्यालयमा ‘ग्राण्ड एक्सिबिशन एण्ड इसीए कम्पेटिशन–२०८०’ सुरु भएको छ । यो कार्यक्रम विद्यालयमा बुधबारदेखि सुरु भएको हो । यो कार्यक्रम माघ २७ र फागुन १ बाहेक सरस्वती पुजाको दिन अर्थात् फागुन २ गतेसम्म चल्नेछ । कार्यक्रममा खेल, संस्कृति, कला, विज्ञानलगायत विभिन्न विद्यामा विद्यार्थीहरुले आफ्ना प्रदर्शनी देखाउँनेछन् । विद्यार्थीभित्र रहेका […]