११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

सिरहामा दलित जनकल्याण युवा कल्वद्वारा बाढी पीडितलाई राहत वितरण

Logo
प्रकाशित बिहिबार, साउन १६, २०७६

मुुकेश यादव, लहान ।सिरहाको औरही गाउपालिकामा दलित जनकल्याण युवा क्लव लाहनले बाढी पीडितलाइ विहिवार राहत वितरण गरेको छ।

औरहि गाउँपालिका वडा नम्बर ५ ईलाका प्रहरी कार्यालय औरहिको हथा भित्र एकसनएड नेपालका सहयोगमा औरहि गाउँपालिको वडा नम्बर ५ र दलित जनकल्याण युवा क्लव लहानको सहकार्यमा वडा नम्बर ५ का बादि पिडित सुत्केरी गर्भपति ८० घर परिवार लाई राहत बाँडेको छ ।
यस संस्थाले दाल २ केजि,टर्च एक थान,खाने तेल १ लिटर,लिटो ५० ग्राम,झुल १ थान,प्याड ,एक वर्ष मुनिको वच्चाका भेष्ट,पाइन्ट र महिलाको लागि सारी १थान,पेटीकोट,चोलो लगायतको समान वाडेका छन ।
दलित जनकल्याण युवा क्लव लाहनको अध्यक्ष उमेश कुमार विशुनकेले अविरल वर्षले पुर्ण छति भएको अत्तिविपन्न ,दलित,गरिव रहेको पाचै वडामा राहत वडने भवना थिए तर सिमित स्रोत साधन भएको कारण वडा नम्वर ५ मात्र सुत्केरी महिलाहरुलाई राहत वडन सकेको बताए ।
उक्त कार्यक्रममा वडा नम्बर ५ को अध्यक्ष दिलिप यादव,समाजसेवि शिवजि यादव,विरेन्द्र यादव,जोगिन्द्र साह,रमकुमार,पत्रकार ,स्थानियको सहभागिता थिए ।

अमेरिकामा बस्दै आएका लोहारपट्टीकै डा. विजय साहले आमाको निधन पश्चात फाउण्डेशन खोलेका छन् । उनले मंगलवार लेउरीका बाढी पीडितहरुलाई चामल, दाल, चाउचाउ, नुन र झुल राहत स्वरुप बाडेका हुन् । फाउण्डेशनले सोमवार लोहारपट्टीका १ सय ३५ बाढी पीडित परिवारलाई राहत बाँडेका थिए ।

राहत वितरणमा अमेरिका नै बस्दै आएका फाउण्डेशनका अध्यक्ष साहका दाई इन्जिनियर लालबाबु साह सहयोग गरेका छन् । राहत वितरण समारोहमा फाउण्डेशनका संचालक राजाबाबु साह, उपाध्यक्ष रामप्रकाश साह लगायतको उपस्थिति रहेको थियो ।

राहत वितरण समारोहमा बोल्दै फाउण्डेशन अध्यक्ष डा. विजय साहले गरिबलाई निःशुल्क सेवा दिने सोचका साथ एक वर्ष्भित्रै लोहारपाट्टीमै सुविधा सम्पन्न अस्पताल संचालनमा ल्याउने प्रतिवद्धता जनाएका छन् ।

उनले गरिबीका कारण उपचारबाट कोही बंचित नहोस् भन्ने उदेश्यका साथ अस्पताल संचालनका लागि आवश्यक कार्य अगाडी बढाएको पनि बताए । पीडित जोकोहीलाई पनि फाउण्डेशन सहयोग गर्ने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

राजविराज । सप्तरीको तिलाठी कोईलाडी नगरपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौ जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। नगरपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका केन्द्रिय सदस्य डा.सीके सिंह र जनमत पार्टी सप्तरी इन्चार्ज राम गमन साहले नव प्रवेशी नेताकार्यकर्तालाई टीका लगाएर पार्टीमा […]

बारा । बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा आज बिहानै स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेको थियो […]