१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

सुरक्षा अवस्था सुधार्नको लागि तयारी अवस्थामा रहन सेनालाई प्रधानमन्त्रीको निर्देशन

Logo
प्रकाशित बुधबार, आषाढ २९, २०७९

न्युजमधेस डेस्क
एजेन्सी,२९ असार।
श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले देशको सुरक्षा अवस्था सुधार्नको लागि तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिनुभएको छ ।

एक टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री विक्रमासिङ्घेले देशमा अराजकता बढिरहेको भन्दै सेनालाई आफ्नो जिम्मेवारी पूरा गर्ने कामको लागि तयार रहन निर्देशन दिनुभएको बीबीसीले जनाएको छ ।

‘हामी संविधान च्यात्न सक्दैनौँ र देश अराजकतावादीलाई कब्जा गर्न पनि दिँदैनौँ, त्यसको लागि सेनालाई तयार रहन निर्देशन दिन्छु’ प्रधानमन्त्री विक्रमासिङ्घेले भन्नुभएको छ। प्रधानमन्त्रीले राजधानी कोलम्बोमा सेनाले आफ्नो सुरक्षा व्यवस्था लागू गर्न सक्ने सङ्केत दिनुभएको खबरमा उल्लेख छ ।

श्रीलङ्कामा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय पनि कब्जा गरेका छन् । यसअघि राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास कब्जा गरेका प्रदर्शनकारीले आज प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालय पनि कब्जा गरेका हुन् ।

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे भागेर माल्दिभ्स पुग्नुभएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । किसानको मागको समर्थनमा संयुक्त किसान मोर्चालगायत धेरै किसान संगठनहरूले शुक्रबार भारत बन्दको घोषणा गरेका छन् । संयुक्त किसान मोर्चाले गरेको ग्रामीण भारत बन्दको आह्वानमा यो बन्द गरिएको हो । ग्रामीण बन्दका कारण आज कृषिसम्बन्धी सबै काम बन्द रहने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द […]

कतार । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत कतार आइपुगेका छन् । आइतबार बेलुका अध्यक्ष डा.राउत नेपालबाट कतार आएको छ।उनलाई कतारको विमानस्थलमा यहाँ रहेका नेपालीहरुले भव्य स्वागत गरेका हुन। गैर आवासीय मधेशी संघ कतारले आयोजना गरेको मधेशी सांस्कृतिक कार्यक्रममा सहभागी हुन अध्यक्ष डा.राउत कतार आएको संघका अन्तर्राष्ट्रिय अध्यक्ष ई.शम्भुनाथ साहले बताए । भोलि १३ फरवरी […]

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन प्रस्थान गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनाबाट प्राप्त उपलब्धि साझेदारीसम्बन्धी कार्यक्रममा सहभागिता रहनेछ । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग नेपाल र चीन तथा दुई […]