०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

रौतहटमा सयौं जना नेता कार्यकर्ताले लोसपाबाट दिए सामूहिक राजीनामा

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

न्यूजमधेश डेस्क
रौतहट ,६ श्रावण । जिल्लामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का १०० भन्दा बढी नेता कार्यकर्ताले सामूहिक रूपमा राजीनामा दिएका छन्।

रौतहटको सदरमुकाम गौरस्थित एक होटेलमा पत्रकार सम्मेलनगरी लोसपाका नेता कार्यकर्ताले औपचारिक रूपमा पार्टीत्यागको घोषणा गरेका हुन् । २०७४ सालमा संघीय सांसदमा निर्वाचित भएका पार्टीका केन्द्रीय अध्यक्ष अनिलकुमार झा र प्रदेश सांसद बाबुलाल साह कानुले गएको स्थानीय तहको निर्वाचनमा असहयोगी भूमिका निर्वाह गरेको भन्दै नेता कार्यकर्ताले पार्टी परित्याग गरेको गौर नगरपालिका ३ का पूर्व वडाध्यक्ष श्याम सुन्दर गुप्ताले बताए।

पार्टी परित्याग गर्नेमा गौर नगरपालिकाका पूर्वनगर प्रमुख अजयकुमार गुप्ता, उपप्रमुखकी प्रत्यासी उषा झा, वडा नम्बर ५ का पूर्व अध्यक्ष रामस्वार्थ यादव, वडा नम्बर ९ का पूर्वअध्यक्ष राजेश सिंह ९मोहन०, वडा सदस्य भैरो महतो, बैजनाथ महतो लगायत छन्। गत स्थानीय तहको निर्वाचनमा लोसपाबाट उम्मेदवार भएकालाई पार्टीबाट निर्वाचित संघीय सांसद र प्रदेश सांसदले प्रतिपक्षको भूमिका निर्वाह गरेको आरोप पार्टी कार्यकर्ताको रहेको छ ।

पार्टीबाट निर्वाचित प्रदेश सांसद बाबुलाल साहले एकीकृत समाजवादी पार्टीबाट नगर प्रमुख पदमा उम्मेदवार भएका भतिजो शम्भु साहलाइ सघाएको उनीहरूको आरोप छ। त्यस्तै दुर्गा भगवती गाउँपालिकामा अध्यक्षको उम्मेदवार भएका माओवादी केन्द्रका शम्भु सिंहलाइ​ संघीय सांसद अनिल झाले अप्रत्यक्ष रूपमा सहयोग गरेको उनीहरूको आरोप छ। त्यसैकारण आफूहरू पराजित भएको उनीहरूले बताए।

लोसपाबाट पार्टी परित्याग गर्ने नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्ने स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले समाजवादी मोर्चाको औचित्य सकिएको बताएका छन् । पार्टी विभाजनपछि प्रतिपक्षमा पुगेका बेला मोर्चाको औचित्य सकिएको बताएका हुन् । ‘समाजवादी मोर्चाको कुनै औचित्य छैन । यसअघि पनि औचित्य पुष्टि गर्न सकेको थिएन । हामी सहभागी हुँदैनौ’, उनले भने । जसपाका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला […]

काठमाडौँ । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि बजारमा आएको छ । लेखक परमानन्द भट्टद्वारा लिखित पुस्तकमा सङ्घर्षको सुरुआत र साङ्गठनिक नेतृत्व, नेकपा (एमाले) को अल्पमतको सरकार, विचार र सङ्गठनमा शुद्धीकरण र सुदृढीकरण अभियान, शान्ति प्रक्रिया र गणतन्त्र, नैतिक जिम्मेवारी बोध र पदत्याग, माधव नेपालको आवश्यकता बोध लगायतका विषय समावेश गरिएका छन् । […]