२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

‘केजिएफः च्याप्टर २’ को सफल सय दिन

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,६ श्रावण ।प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म ‘केजिएफ : च्याप्टर २’ ले सफल सय दिन पूरा गरेको छ। गत अप्रिल १४ देखि प्रदर्शनमा आएको फिल्मले शुक्रबार आफ्नो सफल सय दिन पूरा गरेको हो।

यशको मुख्य भूमिका रहेको फिल्मले अहिलेसम्म करिब १२ अर्ब ५० करोडको कमाइ गरिसकेको छ। जुन भारतीय फिल्मको इतिहासमै तेस्रो सबैभन्दा ठूलो बक्स अफिस कलेक्सन हो। ‘केजिएफ’ अघि ‘दंगल’ र ‘बाहुबली २’ रहेका छन्।

फिल्मले नेपालमा पनि २१ करोडभन्दा बढी कमाइ गरेको थियो। एक महिनाभन्दा बढी प्रदर्शन रहेर हलबाट उत्रिएको फिल्म भारतका धेरै शहरमा अझै पनि प्रदर्शनरत छ। भारतमा फिल्मको हिन्दी डबले मात्रै ४ अर्बभन्दा बढी कमाइ गरेको थियो। जुन सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म ‘दंगल’को जम्मा कमाइभन्दा पनि बढी हो।

‘केजिएफ’ निर्देशक नील यतिवेला अर्को ठूलो बजेटको फिल्म ‘सलार’को छायांकनमा व्यस्त छन्। यो वर्षको अन्तिमदेखि केजिएफको तेस्रो च्याप्टरको काम शुरु गर्ने तयारीमा निर्माण टोली रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । आमचुनाव २०७९ यता मधेशमा बलियो पार्टीको रुपामा स्थापित भएको जनमत पार्टीप्रति जनताको आकर्षण झन् झन् बढ्दै गएको छ । डा.सीके राउतले नेतृत्व गरेको सो पार्टीमा आमचुनाव यता प्रवेश गर्नेहरुको लर्को नै लागेको छ भने सो क्रम अझै रोकिएको छैन । जनता समाजवादी पार्टी(जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ भाद्र। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज मनी लन्ड्रिङ मामलामा फस्दै गएकी छन् । सुकेश चन्द्रशेखरले जेलबाटै करिब २०० करोड रुपैंयाँको चन्दा असुली गरेपछि ज्याकलिनलाई पनि यो मामलामा जोडिएको छ । प्रहरीले ज्याकलिनलाई सुरेशको प्रेमी दाबी गर्दै आएको छ । यही परिप्रेक्ष्यमा दिल्ली प्रहरीले ज्याकलिनका लागि लामो प्रश्नको सूची तयार पारेको छ । […]

न्यूजमधेश डेस्क काठमाडौं,१ भाद्र । बलिउड जोडी विपासा बासु र करणसिंह ग्रोबरले आफूहरुले पहिलो सन्तानलाई स्वागत गर्न लागेको घोषणा गरेका छन् । इन्स्टाग्राममा बेबीबम्पको तस्वीर सेयर गर्दै उनीहरुले आफूहरु दुईबाट तीन जना बन्न लागिरहेको भन्दै खुसी बाँडेका हुन् । तस्वीरमा सेतो सर्टमा विपासा देखिएकी छन् भने करणले उनको बेबीबम्पलाई चुम्बन गरेका छन् । सन् २०१६ […]