१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

उद्योग मन्त्रीको नजिकका मान्छेको घरमा छापा मार्दा २० करोड भेटियो

Logo
प्रकाशित शनिबार, साउन ०७, २०७९

एजेन्सी, ६ साउन।
भारतमा प्रवर्तन निर्देशनालय (ईडी) ले शुक्रबार पश्चिम बंगालका उद्योग मन्त्री पार्थ चटर्जीका निकट सहयोगी अर्पिता मुखर्जीको घरमा छापा मारेर २० करोड भारतीय रुपैयाँ नगद बरामद गरेको छ।

कथित शिक्षक भर्ती घोटालाको आरोपमा यो छापा मारिएका हो। छापा मारेर बरामद भएको रकम एसएससी घोटालासँग सम्बन्धित हुन सक्ने अनुसन्धान एजेन्सीले जनाएको छ ।

अर्पिता मुखर्जीको घरबाट २० भन्दा बढी मोबाइल पनि बरामद भएको छ । एजेन्सीले यी फोनहरू कुन उद्देश्यका लागि प्रयोग गरिन्थ्यो भन्नेबारे अनुसन्धान गरिरहेको छ। योसँगै शिक्षा राज्यमन्त्री परेश सी अधिकारी र विधायक माणिक भट्टाचार्यलगायतको घरमा पनि  छापा मारेको छ ।

उच्च न्यायालयको निर्देशन पछि सीबीआईले पश्चिम बंगालका सरकारी र सहायता प्राप्त विद्यालयहरूमा समूह-सी र डी कर्मचारीहरू साथै शिक्षकहरूको भर्तीमा भएको भनिएको भ्रष्टाचारको अनुसन्धान गरिरहेको छ। ईडीले यस कथित घोटालामा पैसाको लेनदेन ट्र्याक गरिरहेको छ, जसको बारेमा छापा मारिएको छ।

पार्थ चटर्जी हाल पश्चिम बंगाल सरकारमा उद्योग तथा वाणिज्य मन्त्री छन्। शिक्षा घोटाला हुँदा चटर्जी शिक्षामन्त्री थिए। सीबीआईले उनलाई दुई पटक सोधपुछ गरिसकेको छ । बीबीसी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो। प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ।

जनकपुरधाम। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले मिटरब्याज पीडितलाई न्याय दिने गरि सरकारले काम गरिरहेको बताएका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुर पुगेका लामिछानेले मिटरब्याज पीडितसँग छलफल गर्दै घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने समेत बताए। लामिछानले समस्याको दीर्घकालीन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको, जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन माग्ने […]

जनकपुरधाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँमा भएको राप्रपाको प्रदर्शनमा दमन गर्न सुरक्षा निकायलाई निर्देशन नदिएको बताएका छन् । मधेश प्रदेशमा पुगेका लामिछानेले जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन सत्रमा बोल्दै सुरक्षा निकायलाई दमन गर्न निर्देशन नदिएको दाबी गरेका हुन् । उनले भने, ‘अधिकतम लचकता र सहनशीलता देखाउन भनेको छु । प्रदर्शन गर्दा […]