१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

उद्योग मन्त्रीको नजिकका मान्छेको घरमा छापा मार्दा २० करोड भेटियो

Logo
प्रकाशित शनिबार, साउन ०७, २०७९

एजेन्सी, ६ साउन।
भारतमा प्रवर्तन निर्देशनालय (ईडी) ले शुक्रबार पश्चिम बंगालका उद्योग मन्त्री पार्थ चटर्जीका निकट सहयोगी अर्पिता मुखर्जीको घरमा छापा मारेर २० करोड भारतीय रुपैयाँ नगद बरामद गरेको छ।

कथित शिक्षक भर्ती घोटालाको आरोपमा यो छापा मारिएका हो। छापा मारेर बरामद भएको रकम एसएससी घोटालासँग सम्बन्धित हुन सक्ने अनुसन्धान एजेन्सीले जनाएको छ ।

अर्पिता मुखर्जीको घरबाट २० भन्दा बढी मोबाइल पनि बरामद भएको छ । एजेन्सीले यी फोनहरू कुन उद्देश्यका लागि प्रयोग गरिन्थ्यो भन्नेबारे अनुसन्धान गरिरहेको छ। योसँगै शिक्षा राज्यमन्त्री परेश सी अधिकारी र विधायक माणिक भट्टाचार्यलगायतको घरमा पनि  छापा मारेको छ ।

उच्च न्यायालयको निर्देशन पछि सीबीआईले पश्चिम बंगालका सरकारी र सहायता प्राप्त विद्यालयहरूमा समूह-सी र डी कर्मचारीहरू साथै शिक्षकहरूको भर्तीमा भएको भनिएको भ्रष्टाचारको अनुसन्धान गरिरहेको छ। ईडीले यस कथित घोटालामा पैसाको लेनदेन ट्र्याक गरिरहेको छ, जसको बारेमा छापा मारिएको छ।

पार्थ चटर्जी हाल पश्चिम बंगाल सरकारमा उद्योग तथा वाणिज्य मन्त्री छन्। शिक्षा घोटाला हुँदा चटर्जी शिक्षामन्त्री थिए। सीबीआईले उनलाई दुई पटक सोधपुछ गरिसकेको छ । बीबीसी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

काठमाडौँ, १८ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना तीव्रगतिमा अगाडि बढिरहेको जानकारी दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले गर्नुभएको प्रश्नको उत्तर दिँदै उहाँले मेलम्चीको पानी बाह्रै महिना उपत्यकावासीको धारामा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो । मन्त्री यादवले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता […]