१६ मंसिर २०८०, शनिबार
02-12-2023 , Sat
×

मधेस प्रदेशको औद्योगिक सम्मेलन सम्पन्न

Logo
प्रकाशित बुधबार, साउन १८, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम, साउन १८ गते।
मधेस प्रदेश सरकारले प्रदेशको आर्थिक वृद्धिका लागि वातावरण निर्माण गर्ने उद्देश्यका साथ बाराको सिमरामा आयोजना गरेको औद्योगिक सम्मेलन विभिन्न नौ बुँदे सुझावसहित सम्पन्न भएको छ ।

नेपाल उद्योग परिसङ्घ, सीप परियोजना र युके एडको समन्वयमा मधेस सरकारले आयोजना गरेको औद्योगिक सम्मेलनमा उद्योगपतिले प्रदेशमा आर्थिक वृद्धिको वातावरण निर्माणका लागि निजी क्षेत्रबाट सरकारलाई नौ बुँदे सुझाव दिएका छन् । व्यवसायीले मधेस प्रदेशमा पछिल्लो समय वृद्धि भएको आर्थिक गतिविधिलाई निरन्तरता दिँदै थप लगानीको वातावरण निर्माण गर्न उद्योग दर्ता, सञ्चालन र उद्योगबाट बाहिरिने प्रक्रियालाई सरल एवं द्रुत गतिमा हुनुपर्ने र मधेस उद्योग व्यवस्थापन ऐन हुनुपर्नेमा जोड दिएका छन् ।

यसैगरी वीरगञ्जमा स्थापना भएको एकद्वार प्रणालीले मधेस प्रदेशमा उद्योगलाई सहज र सरल वातावरण बनाउने, उद्योग दर्तालाई स्वचालित र डिजिटलाइज गरी थप सहजता प्रदान गर्नुपर्ने, प्रदेश ऐनमा अतिरिक्त सहुलियत घोषणा भए पनि संघीय सरकारसँगको समन्वय गर्नुपर्ने, स्थिर पुँजीको आधारमा उद्योगको वर्गीकरण हुनुपर्नेसहितका रहेका छन् ।

उद्योगीले विभिन्न प्रकारका उद्योगको सीएसआर जिम्मेवारी समेटिनुपर्ने, सुविधा र छुट संघीय ऐन र प्रदेश ऐनअन्तर्गत प्रदान गरिने कर र गैरकर लाभहरू संघीय र प्रादेशिक सरकारमा छुट्टाछुट्टै संयन्त्र विकास हुनुपर्ने, मधेस प्रदेशको आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न नयाँ उद्योग स्थापना र आर्थिकरूपमा उद्योगको मापन सक्षम गर्न भूमिको प्रयोगलाई सहज बनाउनुपर्ने, प्रदेश ऐनले उद्योगले सरकारी जग्गाको भाडामा लिजमा जग्गा पाउने व्यवस्था गरेको भए पनि स्पष्ट संयन्त्रको विकास गर्नुपर्ने, मानव संशाधन विकासको लागि उत्कृष्टता केन्द्र निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक क्षेत्रमा रोजगारीको भूमिका बढाउन दक्ष जनशक्ति उत्पादनको व्यवस्था हुनुपर्ने व्यवसायी सुझाव सरकारलाई दिएका छन् ।

उद्योगीको सुझाव ग्रहण गर्दै मुख्यमन्त्री लालबाबु राउतले उद्योगीबाट आएको सुझावलाई प्रदेश सरकारले अक्षरशः पालन गर्ने र संघीय सरकारसँग सम्बन्धित विषयका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । सम्मेलनमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र साह, उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादव, खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा, प्रदेश सरकारका प्रमुख सचिव कृष्णबहादुर राउतसहितका सचिवहरू लगायत प्रदेशस्थित करिब एक सय उद्योगीको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गरेको ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । आज पोखरा रङ्गशालामा भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेशले उपाधि जितेको हो । उपाधिसँगै मधेसले नगद रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो । […]

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न र त्यसका लागि आवश्यक काम गर्न राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिलाई निर्देशन दिएका थिए। राष्ट्रपतिले राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा चुरे संरक्षणका सम्बन्धमा भएको छलफलमा यस्तो निर्देशन दिएका हुन्। उनले चुरे विनासले निम्त्याउने सङ्कटप्रति चिन्ता व्यक्त गर्दै […]

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशलाई हृदयभित्र राखेर काम गर्ने कसम खाएका छन् । आज बिहान कमला नदीमा लागेको कार्तिक पूर्णिमा मेलामा कमला बचाउ अभियानको पाँचौ वार्षिकोत्सबको अवसरमा महाकमला आरतीको आयोजना गरिएको थिए ।सोही अवसरमा सभापति लामिछाने आरतिमा सहभागी भएका थिए । आरतीपछि सम्बोधन गर्दै उनले पत्रकारिताबाट जति गरे त्यो पर्याप्त नभएपछि […]