१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

टिकापुरमा थरुहट थारुवान राष्ट्रिय सम्मेलनमा हुने

Logo
प्रकाशित बुधबार, साउन २९, २०७६

टिकापुर । टीकापुरमा हुने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी तिव्ररुपमा भइरहेको छ।संविधानका केही धारा संशोधन हुनुपर्ने, थरुहट स्वायत्त प्रदेशको ग्यारेन्टी गर्नुपर्ने र टीकापुर घटनामा आजीवन सजाय पाएका माननीय रेशम चौधरीसहित सबैलाई रिहाई गर्नुपर्ने मागसहित थारुहरुले भदौ ७, ८ र ९ गते सम्मेलनमा जुट्दैछन्।

आयोजकका अनुसार २५ जिल्लाका कम्तिमा पनि ८ हजार थारु नेताहरु उपस्थित हुँदैछन्। त्यस्तै देशभरिबाट आदिवासीका सबालमा बोल्दै आएका अगुवाहरुको उपस्थिति हुने आयोजकले जनाएको छ।

‘कार्यक्रमको तयारी लगभग पूरा भएको छ। कार्यक्रम सफल पार्न देशभरिका थारुहरु टीकापुरमा भेला हुँदैछन्,’ थरुहट नेता लक्ष्मण थारुले भने, ‘कार्यक्रममा प्रस्तुत गरिने अवधारणा पत्र, टीकापुरमा खाने बस्ने व्यवस्था र प्रहरी प्रशासनसँग सुरक्षाको व्यवस्थालगायत तयारी भइकेको छ।’

उनका अनुसार कार्यक्रम सफल पार्न प्रत्येक थारु गाउँका स्थानीय जनप्रतिनिधि, भलमन्सा, बरघरहरुसँग तिव्र छलफल भइरहेको छ। जिल्ला जिल्लाबाट आउने अतिथिहरुलाई गाउँलेहरुले नै खाने बस्ने व्यवस्था मिलाउने नेता लक्ष्मण थारुले जानकारी दिए।

भदौ ७ गतेको उद्घाटन सत्र टीकापुरस्थित सिटी हलको प्रांगनमा हुने र दुई दिने बन्दसत्र सिटी हलमा हुने आयोजकले जनाएको छ।-थारुवान अनलाइन समाचार प्रकाशित भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

राजविराज । सप्तरीको तिलाठी कोईलाडी नगरपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौ जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। नगरपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका केन्द्रिय सदस्य डा.सीके सिंह र जनमत पार्टी सप्तरी इन्चार्ज राम गमन साहले नव प्रवेशी नेताकार्यकर्तालाई टीका लगाएर पार्टीमा […]