१६ मंसिर २०८०, शनिबार
02-12-2023 , Sat
×

विपासाको बेबीबम्पमा करणको चुम्बन : आमाबाबु बन्दै बलिउडको हट जोडी

Logo
प्रकाशित बुधबार, भाद्र ०१, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१ भाद्र । बलिउड जोडी विपासा बासु र करणसिंह ग्रोबरले आफूहरुले पहिलो सन्तानलाई स्वागत गर्न लागेको घोषणा गरेका छन् । इन्स्टाग्राममा बेबीबम्पको तस्वीर सेयर गर्दै उनीहरुले आफूहरु दुईबाट तीन जना बन्न लागिरहेको भन्दै खुसी बाँडेका हुन् ।

तस्वीरमा सेतो सर्टमा विपासा देखिएकी छन् भने करणले उनको बेबीबम्पलाई चुम्बन गरेका छन् । सन् २०१६ को अप्रिलमा यी दुईले विवाह गरेका थिए ।

इन्स्टाग्राममा विपासा लेख्छिन्, ‘नयाँ समय, नयाँ चरण र नयाँ प्रकाशले हाम्रो जीवनको ऐनामा नयाँ छायाँ थपेको छ । यसले हामीलाई पहिलेभन्दा पूर्ण बनाउनेछ । व्यक्तिगत रुपमा भेटेपछि हामी दुई भयौं । हामी पहिले जे थियौं, अब हामी तीन हुनेछौं । हाम्रो प्रेमबाट प्रकट हुने सृष्टि, हाम्रो बच्चा हामीसँग चाँडै सहभागी हुनेछ र हामीलाई आनन्द थप्नेछ ।’

विपासा र करण फिल्म ‘एलोन’बाट नजिकिएका थिए । बिहेको निर्णय गर्दा विपासाका परिवार करणलाई स्वीकार्न तयार थिएनन् किनभने करणका अघिल्ला दुई विवाह असफल भएका थिए ।

तर परिवारलाई मनाएपछि विपासा र करणबीच विवाह भयो । पिंकभिल्लासँगको अन्तर्वार्तामा विपासाले विवाह असफल हुनुलाई व्यक्तिको मानवता असफल हुनुसँग तुलना गर्न नमिल्ने बताएकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

न्यूजमधेश डेस्क काठमाडौं ,२९ भाद्र। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज मनी लन्ड्रिङ मामलामा फस्दै गएकी छन् । सुकेश चन्द्रशेखरले जेलबाटै करिब २०० करोड रुपैंयाँको चन्दा असुली गरेपछि ज्याकलिनलाई पनि यो मामलामा जोडिएको छ । प्रहरीले ज्याकलिनलाई सुरेशको प्रेमी दाबी गर्दै आएको छ । यही परिप्रेक्ष्यमा दिल्ली प्रहरीले ज्याकलिनका लागि लामो प्रश्नको सूची तयार पारेको छ । […]

न्यूजमधेश डेस्क काठमाडौं,१ भाद्र । बलिउड जोडी विपासा बासु र करणसिंह ग्रोबरले आफूहरुले पहिलो सन्तानलाई स्वागत गर्न लागेको घोषणा गरेका छन् । इन्स्टाग्राममा बेबीबम्पको तस्वीर सेयर गर्दै उनीहरुले आफूहरु दुईबाट तीन जना बन्न लागिरहेको भन्दै खुसी बाँडेका हुन् । तस्वीरमा सेतो सर्टमा विपासा देखिएकी छन् भने करणले उनको बेबीबम्पलाई चुम्बन गरेका छन् । सन् २०१६ […]

न्युजमधेस डेस्क काठमाडौ,२२ साउन। लकडाउनको बेला नै ठिक थियो, कम्तीमा धेरैको लक त खुलेको थियो । अहिले लकडाउन छैन, त्यसैले मान्छेको लक पनि खुलेको छैन । हैन के कुरा गरेको ? लकडाउनमा कसको लक खुलेको थियो र अहिले कसरी बन्द भयो ? कस्को लक रे ! एसईई दिने विद्यार्थीको नि ! अघिल्लो दुई वर्ष लकडाउन […]