२० मंसिर २०८०, बुधबार
06-12-2023 , Wed
×

समानुपातिकतर्फ भाग लिने ७६ दलको निवेदन आयोगमा

Logo
प्रकाशित सोमबार, भाद्र १३, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१३ भाद्र। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन चाहने ७६ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्।

आयोगले दल दर्ताको लागि यही भदौ १० देखि १२ गतेसम्म दिएको समयावधिमा प्रतिनिधि सभातर्फ ६८ निवेदनमार्फत ७६ दलले दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ।

समानुपातिकका लागि ७६ दलले दिए निवेदन कुन प्रदेशमा कति

आयोगका अनुसार प्रदेश एकमा ५५ निवेदनमार्फत ६३ दल, मधेश प्रदेशमा ५९ निवेदनमार्फत ६७ दल, बागमती प्रदेशमा ५८ निवेदनमार्फत ६६ दल, गण्डकी प्रदेशमा ५२ निवेदनमार्फत ६० दल, लुम्बिनी प्रदेशमा ५४ निवदेनमार्फत ६२ दल, कर्णाली प्रदेशमा ४९ निवेदनमार्फत ५७ दल र सुदूरपश्चिम प्रदेशमा ५० निवेदनमार्फत् ५८ दलले निवेदन दिए।

आयोगले गत साउन २२ देखि ३१ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८४ वटा दल दर्ता भएका थिए। दर्तामध्ये १२ वटा दलले तालमेल गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्न चार वटा समूह बनाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जाजरकोट । तीन वर्ष अघिमात्रै चार लाखभन्दा बढी खर्च गरेर बनाएको घर भूकम्पले चिराचिरा पारेपछि ३१ वर्षीय सन्दिपा पुनलाई राम्रोसँग न निन्द्रा लागेको छ, न ढुक्कले पेटभरि खान सकेकी छन् । नलगाड नगरपालिका–१, कलपटकी सन्दिपाको एउटा मिर्गौला छैन । एकातिर मिर्गौला पीडित, अर्कातिर दुःखका साथ बनाएको घर ध्वस्त भएको चिन्ताले उनी निकै कमजोर महसुस गर्दैछिन् […]

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत दुबईमा सुरु भएको कोप–२८ को सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । यूएईको दुबईमा नोभेम्बर ३० मा सुरु भएको सो कोप–२८ सम्मेलनमा नेपालबाट प्रधानमन्त्री प्रचण्ड स्वयं पनि सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्ड मङ्सिर १३ गते दुबई प्रस्थान गरेका थिए । यो सम्मेलन डिसेम्बर १२ मा […]

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न र त्यसका लागि आवश्यक काम गर्न राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिलाई निर्देशन दिएका थिए। राष्ट्रपतिले राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा चुरे संरक्षणका सम्बन्धमा भएको छलफलमा यस्तो निर्देशन दिएका हुन्। उनले चुरे विनासले निम्त्याउने सङ्कटप्रति चिन्ता व्यक्त गर्दै […]