२० मंसिर २०८०, बुधबार
06-12-2023 , Wed
×

धनुषामा जसपाको उम्मेदवार सिफारिस, मेयरमा हारेका पशुपति प्रदेश सांसदमा !

Logo
प्रकाशित सोमबार, भाद्र १३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१३ भाद्र। जनता समाजवादी पार्टी (जसपा)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि सवै सिटमा उम्मेदवार चयन गरेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्वर १ वाट प्रतिनिधिसभाकालागि दीपक कार्कीको नाम सिफारिस गरिएको छ भने १ को ‘क’ वाट सुकेश्वर यादव र व्रम्हदेव महतो रहेका छन् । त्यस्तै ‘ख’ वाट सुरेन्द्रकुमार मण्डल, बेचन महतो, चन्देश्वर महतो र रामनरेश महतोलाई छनौट गरिएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा छनौट गरेका उम्मेदवारहरुमा प्रतिनिधि सभा तर्फ बलराम महतो, सुर्य चन्द्र यादव, गजाधर रोहिता, देब कृष्ण मण्डल र राम शंकर पासवान लाई छनौट गरिएको छ भने प्रदेशसभाको ‘क’ तर्फ शैलेन्द्र प्रसाद यादव,अरुन सिंह मण्डल र पशुपति यादवलाई उम्मेदवारको रुपमा अगाडि सारिएको छ । त्यस्तै ‘ख’ तर्फ राम अशिष यादव, राम अशिष रोहिता, बरुण यादव र देवेन्द्र यादवलाई छनौट गरिएको छ ।

गत बैशाख ३० गते सप्पन्न स्थानीय तहको निर्वाचनमा कमला नगरपालिकाको मेयरमा पशुपति यादव पराजित भएका थिए।मेयरमा पराजित भएका यादव धनुषा निर्वाचन क्षेत्र नं.२ अन्तर्गत प्रदेश सभा ‘क’ मा पनि आफ्नो उम्मेदवारी दिने भएको छ।

त्यस्तै जसपा नेपाल धनुषा क्षेत्र न. ३ बाट प्रत्यक्ष तर्फ प्रतिनिधिसभाको लागि ४ जनाको सिफारिस गरिएको छ । प्रतिनिधिसभाकालागि लाल किशोर साह, जितेन्द्र कुमार यादव, विजय कुमार भगत र सर्वजित ठाकुरलाई छनौट गरिएको छ । त्यस्तै प्रदेश सभा ३ को ‘क’ को लागि ३ जना अशोक कुमार यादव, प्रेम चन्द्र झा, जितेन्द्र कुमार यादव तथा प्रदेश सभा ३ ‘ख’ को लागि ३ जनालाई छनौट गरिएको छ जसमा अम्भु प्रसाद साह, विष्णुदेव साह र नवीन यादवको नाम प्रस्ताव गरिएको छ ।

त्यस्तै जसपा धनुषा निर्बाचन क्षेत्र ४ को उम्मेदवार पनि छनौट गरिएको छ । जसमा प्रतिनिधिसभाकालागि महाजन यादव र बलराम महतोको नाम प्रस्ताव गरिएको छ । ४ को ‘क’ वाट शेष नारायण यादव, बजरंग कुमार यादव, हरि नारायण यादव, बृज कुमार यादव, ज्ञानेन्द्र यादवको नाम सिफारिस गरिएको छ ।

त्यस्तै ४ को ‘ख’ तर्फ दिनेश कुमार यादव र राम नरेश महतोकाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेश तर्फ समानुपातिक तर्फ उर्मिला साह, घनश्याम यादव, चमेलि देबि र सुनिता महरा सहित १४ जना र समानुपातिक प्रतिनिधिसभा तर्फ बिन्देश्वर यादव, मो साबिर राइन, प्रमिला दास सहित छ जना रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेशप्रसाद यादवले मधेश प्रदेश सरकारले शिक्षालाई विशेष महत्वका साथ राखेको बताएका छन् । बाराको सिमरामा आयोजित बृहत शिक्षा सम्मेलन कार्यक्रममा बोल्दै शिक्षा मन्त्री यादवले मधेश प्रदेशलाई साक्षर बनाउनुपर्छ भन्ने आफ्नो पहिलो निर्णय भएको बताए । ‘मधेश प्रदेश सरकारले अबको ४ वर्षमा यो प्रदेशमा कोही व्यक्ति निरक्षर […]

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषामा वडा अधिवेशन सफलता पूर्वक सम्पन्न गराउनको लागि पर्यवेक्षक खटाएको छ। बुधबार जनमत पार्टी धनुषाको अधिवेशन तयारी समितिको बैठकबाट पार्टीका ४० जना नेताकार्यकर्ताहरुलाई वडा अधिवेशन सम्पन्न गराउनको लागि पर्यवेक्षकमा खटाएको हो। पार्टीका धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलले पर्यवेक्षकहरुको सक्रिय सहभागितामा वडा अधिवेशन सफलतापूर्वक सम्पन्न हुने विश्वास राख्दै उनले […]

जनकपुरधाम ।नेकपा माओवादी केन्द्रका नेता दानी यादवले जनमत पार्टीमा प्रवेश गरेका छन । बुधबार नेकपा माओवादी केन्द्रका नेता यादवले पार्टी परित्याग गर्दै जनमत पार्टी प्रवेश गरेका छ्न। नेता यादवलाई जनमत पार्टीका प्रदेश सदस्य राम पुकार यादवले पार्टीमा स्वागत गरेको हो।नेता यादवले जनमत पार्टीको सदस्यतासमेत लिएको हो। सहिद नगर नगरपालिका-१ बलाबाखर निवासी रहेको विद्यार्थी जनमत संघका […]