०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

धनुषामा जसपाको उम्मेदवार सिफारिस, मेयरमा हारेका पशुपति प्रदेश सांसदमा !

Logo
प्रकाशित सोमबार, भाद्र १३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१३ भाद्र। जनता समाजवादी पार्टी (जसपा)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि सवै सिटमा उम्मेदवार चयन गरेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्वर १ वाट प्रतिनिधिसभाकालागि दीपक कार्कीको नाम सिफारिस गरिएको छ भने १ को ‘क’ वाट सुकेश्वर यादव र व्रम्हदेव महतो रहेका छन् । त्यस्तै ‘ख’ वाट सुरेन्द्रकुमार मण्डल, बेचन महतो, चन्देश्वर महतो र रामनरेश महतोलाई छनौट गरिएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा छनौट गरेका उम्मेदवारहरुमा प्रतिनिधि सभा तर्फ बलराम महतो, सुर्य चन्द्र यादव, गजाधर रोहिता, देब कृष्ण मण्डल र राम शंकर पासवान लाई छनौट गरिएको छ भने प्रदेशसभाको ‘क’ तर्फ शैलेन्द्र प्रसाद यादव,अरुन सिंह मण्डल र पशुपति यादवलाई उम्मेदवारको रुपमा अगाडि सारिएको छ । त्यस्तै ‘ख’ तर्फ राम अशिष यादव, राम अशिष रोहिता, बरुण यादव र देवेन्द्र यादवलाई छनौट गरिएको छ ।

गत बैशाख ३० गते सप्पन्न स्थानीय तहको निर्वाचनमा कमला नगरपालिकाको मेयरमा पशुपति यादव पराजित भएका थिए।मेयरमा पराजित भएका यादव धनुषा निर्वाचन क्षेत्र नं.२ अन्तर्गत प्रदेश सभा ‘क’ मा पनि आफ्नो उम्मेदवारी दिने भएको छ।

त्यस्तै जसपा नेपाल धनुषा क्षेत्र न. ३ बाट प्रत्यक्ष तर्फ प्रतिनिधिसभाको लागि ४ जनाको सिफारिस गरिएको छ । प्रतिनिधिसभाकालागि लाल किशोर साह, जितेन्द्र कुमार यादव, विजय कुमार भगत र सर्वजित ठाकुरलाई छनौट गरिएको छ । त्यस्तै प्रदेश सभा ३ को ‘क’ को लागि ३ जना अशोक कुमार यादव, प्रेम चन्द्र झा, जितेन्द्र कुमार यादव तथा प्रदेश सभा ३ ‘ख’ को लागि ३ जनालाई छनौट गरिएको छ जसमा अम्भु प्रसाद साह, विष्णुदेव साह र नवीन यादवको नाम प्रस्ताव गरिएको छ ।

त्यस्तै जसपा धनुषा निर्बाचन क्षेत्र ४ को उम्मेदवार पनि छनौट गरिएको छ । जसमा प्रतिनिधिसभाकालागि महाजन यादव र बलराम महतोको नाम प्रस्ताव गरिएको छ । ४ को ‘क’ वाट शेष नारायण यादव, बजरंग कुमार यादव, हरि नारायण यादव, बृज कुमार यादव, ज्ञानेन्द्र यादवको नाम सिफारिस गरिएको छ ।

त्यस्तै ४ को ‘ख’ तर्फ दिनेश कुमार यादव र राम नरेश महतोकाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेश तर्फ समानुपातिक तर्फ उर्मिला साह, घनश्याम यादव, चमेलि देबि र सुनिता महरा सहित १४ जना र समानुपातिक प्रतिनिधिसभा तर्फ बिन्देश्वर यादव, मो साबिर राइन, प्रमिला दास सहित छ जना रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]