१६ मंसिर २०८०, शनिबार
02-12-2023 , Sat
×

अध्यक्ष खेमचन्द्र यादवद्वारा ३६ लाखको विद्यालय भवनको शिलान्यास

Logo
प्रकाशित शुक्रबार, भाद्र १७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१७ भाद्र।सप्तरीको बलान बिहुल गाउँपालिकाको चन्हीमा विद्यालयको नयाँ भवन शिलान्यास गरिएको छ।गाउँपालिका वडा नं.२ चन्हीमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयको नयाँ भवनको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले शिलान्यास गरेका हुन।

अध्यक्ष यादवले पालिकामा शैक्षिक स्तर उकास्न आफु प्रतिवद्व रहेको बताए । उनले विद्यालय शिक्षाको मन्दिर रहेको विकासका लागि सबै दल एक हुनुपर्ने बताए । एक वर्ष भित्र निर्वाचन कार्यसम्पन्न हुने गरि योजना रहेको उनले बताए।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत कुल ३६ लाख बजेटमा एक तल्ले ४ कोठाको विद्यालय भवन बन्न लागेको विद्यालयमा व्यवस्थापन समितीका अध्यक्ष रामकुमार मण्डललेबताए ।

विद्यालय भवन शिलान्यास कार्यक्रममा कार्यपालिका सदस्य सन्तोष साह,जिल्ला समन्वय समिती सप्तरीका सदस्य बिजलाल,स्थानीय बुलायी चौधरी ,असर्फी साह,गया प्रसाद गुप्ता ,पुर्व गा.बि.स उपाध्यक्ष सत्ना मण्डलसहितको स्थानीय समाजसेवी ,बुद्धिजीवी ,युवा ,विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थिए।विद्यालय भवन निर्माण हुन लागेपछि चन्हीका स्थानिय हर्षित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । संसदीय विकास पूर्वाधार समितिका सदस्यसमेत रहेका डा. राउत आइतबार बिहान भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोटको भेरी गाउँपालिका पुगेका हुन् । अध्यक्ष राउतले भूकम्पबाट अति प्रभावित घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरेका छन् । भेरी गाउँपालिकाको वडा नम्बर १ मा उनले करिब दुई […]

सिरहा : सिरहाको औरही गाउँपालिकालाई करार सेवामा भर्ना गर्न गरिएको बिज्ञापनको नतिजा सात दिन भित्र प्रकाशन गर्न जनमत पार्टीले ज्ञापन पत्र बुझाएको छ। गत २०७९/०९/०८ गते विभिन्न पदमा कर्मचारी भर्ना गर्न गाउँपालिका औरहीले बिज्ञापन गरेको थोयो। प्राथमिक , निम्न माध्यमिक र माध्यमिक गरि तिनै तहको लागि करिब ६९ जना स्वयंसेवक शिक्षक भर्ना गर्न बिज्ञापन गरिएको […]

सिरहा : सिरहाको औरही गाउँपालिकालाई जनमत पार्टीद्वारा किसानका लागि गहुँ बिउ र मल खाद्य समयमा आपूर्ति गरि वितरण गर्न ध्यानाकर्षण गराएको छ। तराईका किसानहरु अहिले धान काटेर भित्राउने र गहुँ छर्ने सुरसारमा छन् । तर पालिकाले किसानका लागि अनुदानमा गहुँ खरिद गरि वितरण गर्न रु.८,००,००० (अक्षरेपी आठ लाख )रकम छुट्याइए पनि गहुँ खरिदको कुनै पनि […]