१३ आश्विन २०८०, शनिबार
30-09-2023 , Sat
×

ज्याकलिनलाई सोध्न प्रहरीले तयार पार्‍यो प्रश्न सूची

Logo
प्रकाशित बुधबार, भाद्र २९, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२९ भाद्र। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज मनी लन्ड्रिङ मामलामा फस्दै गएकी छन् । सुकेश चन्द्रशेखरले जेलबाटै करिब २०० करोड रुपैंयाँको चन्दा असुली गरेपछि ज्याकलिनलाई पनि यो मामलामा जोडिएको छ । प्रहरीले ज्याकलिनलाई सुरेशको प्रेमी दाबी गर्दै आएको छ ।

यही परिप्रेक्ष्यमा दिल्ली प्रहरीले ज्याकलिनका लागि लामो प्रश्नको सूची तयार पारेको छ । दिल्ली प्रहरीको आर्थिक अपराध शाखाले बुधबार ज्याकलिनलाई २०० करोड असुली मामलामा सुकेशसँग जोडिएका विविध प्रश्न सोध्ने तयारी गरेको छ ।

ज्याकलिनलाई ११ बजे मन्दिरमार्गस्थित ईओडब्ल्यू कार्यालयमा अनुसन्धानका लागि बोलाइएको छ । उनका अनुसार ज्याकलिनलाई प्रश्न सोध्न प्रहरी तयारी अवस्थामा छ । यी सबै प्रश्न सुकेशसँग उनको सम्बन्ध तथा उनलाई सुकेशले दिएको उपहारका विषयमा हुनेछन् । उनलाई सुकेशसँग कतिपटक भेटेको र कतिपटक फोन सम्पर्क भएकोसम्म प्रश्न सोधिनेछ ।

अपराध शाखाले पिंकी इरानीलाई पनि अनुसन्धानमा जोडिन उर्दी गरेको छ । इरानीले नै सुकेशसँग ज्याकलिनको सम्बन्ध जोड्न सहयोग गरेकी थिइन् । ‘ज्याकलिनका लागि तयार पारिएको प्रश्नको सेट नोरा फतेहीसँग सोधिएका प्रश्नभन्दा फरक छन्’, एक अधिकारीले भने ।

प्रवर्तन निर्देशनालय (ईडी)ले ज्याकलिनलाई मनी लन्ड्रिङ मामलामा आफ्नो चार्जशिटमा आरोपीका रुपमा राखेको छ ।-एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

न्यूजमधेश डेस्क काठमाडौं ,२९ भाद्र। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज मनी लन्ड्रिङ मामलामा फस्दै गएकी छन् । सुकेश चन्द्रशेखरले जेलबाटै करिब २०० करोड रुपैंयाँको चन्दा असुली गरेपछि ज्याकलिनलाई पनि यो मामलामा जोडिएको छ । प्रहरीले ज्याकलिनलाई सुरेशको प्रेमी दाबी गर्दै आएको छ । यही परिप्रेक्ष्यमा दिल्ली प्रहरीले ज्याकलिनका लागि लामो प्रश्नको सूची तयार पारेको छ । […]

न्यूजमधेश डेस्क काठमाडौं,१ भाद्र । बलिउड जोडी विपासा बासु र करणसिंह ग्रोबरले आफूहरुले पहिलो सन्तानलाई स्वागत गर्न लागेको घोषणा गरेका छन् । इन्स्टाग्राममा बेबीबम्पको तस्वीर सेयर गर्दै उनीहरुले आफूहरु दुईबाट तीन जना बन्न लागिरहेको भन्दै खुसी बाँडेका हुन् । तस्वीरमा सेतो सर्टमा विपासा देखिएकी छन् भने करणले उनको बेबीबम्पलाई चुम्बन गरेका छन् । सन् २०१६ […]

न्युजमधेस डेस्क काठमाडौ,२२ साउन। लकडाउनको बेला नै ठिक थियो, कम्तीमा धेरैको लक त खुलेको थियो । अहिले लकडाउन छैन, त्यसैले मान्छेको लक पनि खुलेको छैन । हैन के कुरा गरेको ? लकडाउनमा कसको लक खुलेको थियो र अहिले कसरी बन्द भयो ? कस्को लक रे ! एसईई दिने विद्यार्थीको नि ! अघिल्लो दुई वर्ष लकडाउन […]