१६ मंसिर २०८०, शनिबार
02-12-2023 , Sat
×

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै

Logo
प्रकाशित बुधबार, आश्विन १२, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१२ असोज । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा चटारो परेको छ ।

त्यसका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो । बैठकले सिट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ ।

मंगलवार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो । प्रदेशसभातर्फको ३३० सिट बाँडफाँटको प्रस्ताव तयार गरिएको जनता समाजवादी पार्टीका नेता मनिष सुमनले जानकारी दिए । उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यति बेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ ।

आजको बैठकले प्रतिनिधिसभातर्फको सिटबाँडफाँटमा पनि सहमति गर्ने ठानिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न र त्यसका लागि आवश्यक काम गर्न राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिलाई निर्देशन दिएका थिए। राष्ट्रपतिले राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा चुरे संरक्षणका सम्बन्धमा भएको छलफलमा यस्तो निर्देशन दिएका हुन्। उनले चुरे विनासले निम्त्याउने सङ्कटप्रति चिन्ता व्यक्त गर्दै […]

काठमाडौँ । सामान्य व्यक्तिको भन्दा सामाजिक व्यक्तिको व्यवहार आचरण विशेषे चासोको रूपमा हेरिन्छ । उनीहरूको व्यवहारको पनि अनुसरण गर्छन् । महोत्तरी जिल्लाका भँगहा नगरपालिका मेयरको व्यवहार भने सामान्य नेपाली समाजमा अपाच्य छ । आज मङ्सिर १३ गते बिहान देखी जनकपुरको भरम्पुरा चोकमा रहेको भँगहा नगरपालिका मेयर सन्जीप शाह बिहानैदेखि मद्यपान पिइ रहेका थिए । उनलाई […]

दिपेन्द्र कुमार यादव ,११ कार्तिक सिरहा : जनमत पार्टीको राष्ट्रिय अध्यक्ष माननीय डा.सीके राउत (चन्द्रकान्त राउत ) सिरहाको कल्याणपुर नगरपालिका चिकना बजार आउदै छ। आउदो कार्तिक १९ गते जनमत पार्टी सिरहाको आयोजनामा हुने पार्टी प्रबेश तथा आम सभा कार्यक्रमको सम्बोधन गर्न डा.राउत चिकना बजार आउन लागेको कल्याणपुर नगरपालिका नगर अध्यक्ष रबिन्द्र ठाकुरले जानकारी दिए। पार्टी […]