२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

विश्व मुटु दिवस २०२२ को अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम सम्पन्न ।

Logo
प्रकाशित बिहिबार, आश्विन १३, २०७९

जनकपुरधाम ।विश्व मुटु दिवस २०२२ को अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।  कार्यक्रममा साथ तथा सहयोग दिनुहुने कायापलट, एकिकृत बाल क्लब, लायन्स क्लव अफ जनकपुरधाम र  लियो क्ल्व अफ जनकपुरधाम  , युवा तथा शुभेच्छुक सम्पूर्णमा हार्दिक कृतज्ञता प्रकट गर्दछौँ । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा नेपाल हार्ट फाउण्डेशन जनकपुरधामको आयोजनामा आयोजित कार्यक्रममा वृहत्तर जनकपुरधाम क्षेत्र विकास कोषका अध्यक्ष शितल साह ज्यूको प्रमुख अतिथि तथा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुरधामका प्रमुख डा. राजेश साह ज्यूको अध्यक्षता तथा जनकपुरधाम वडा नं १० का वडाध्यक्ष तथा नेपाल हार्ट फाउण्डेशनका कोषाध्यक्ष मिथिलेश कर्णा ज्यूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा गंगालाल राष्ट्रिय हृदय केन्द्रको भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने तथा सरोकारवालालाई निरन्तर गुहार माग्दा पनि सुन्वाई नभएकोले जनमानसमा दवाव तथा अपिलको लागि हार्दिक अनुरोध गर्दछौं।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन कायमै राख्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताएका […]

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखतका लागि उपस्थित हुन बोलाएको छ । आयोगले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जनता समाजवादी पार्टी नेपालको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यलाई २१ दिनभित्र सम्बन्धित प्रदेस वा जिल्ला निर्वाचन कार्यालयमा सनाखतका लागि उपस्थित हुन बोलाएको हो । आयोगले जेठ […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]