१६ मंसिर २०८०, शनिबार
02-12-2023 , Sat
×

दाजुभाईको एउटै पदमा भीडन्त

Logo
प्रकाशित मंगलबार, आश्विन २५, २०७९

न्यूजमधेश डेस्क
धरान ,२५ असोज। मंसिर ४ गते हुने प्रदेश सभा सदस्य पदमा सुनसरी क्षेत्र नम्बर-१ (ख) मा दाजुभाईबीच चुनाबी प्रतिस्पर्धा हुने भएको छ। यस क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एस पार्टीका धरान अध्यक्ष रेवतरमण राई र एमाले-जसपा गठबन्धनबाट एमालेका प्रदेश सचिवालय सदस्य विजय राई चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

चुनाव अगाडि एक अर्कालाइ सहयोग गर्ने आश्वासन दिँदै आएका यी दाजुभाइलाई पार्टीले टिकट दिएपछि मतदाताको घरदैलोमा भोट माग्न ब्यस्त छन्। नेकपा एसका रेवात र एमालेका विजय आफ्नै काका बढाउका छोराहरु हुन्। रेवत माइलो भाईको छोरा हुन् भने विजय कान्छो भाइका छोरा हुन्।

पार्टीले टिकट दिएपछि दाजुभाइभन्दा पनि पार्टी र सिद्धान्तलाई माथि राखेर आफू चुनावी मैदानमा उत्रिएको नेकपा एसका रेवतले बताए। भाइ विजयको भन्दा सत्ता गठबन्धनको आफूलाई समर्थन रहेका कारण आफ्नो जित सुनिश्चित भएको उनको दाबी छ।

यता विजयले पनि दाजुभाई भन्दा पनि पार्टी नै माथि भएको बताएका छन्। उनले पनि आफूलाई जसपाको समर्थन रहेकाले दाई रेवतलाई पराजित गर्न सहज हुने दाबी गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले शान्ति सुरक्षाको मध्यनजर गर्दै प्रदेशको आठ वटै जिल्ला सदरमुकाममा सीसीटीभी क्यामरा जडान गर्ने बताएका छन् । राजधानी जनकपुरधामस्थित मधेस प्रदेश प्रहरी कार्यालयको शुक्रबार शिलान्यास गर्दै प्रदेश सरकारले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन आठ वटै जिल्लाको सदरमुकाममा यसै वर्ष सीसीटीभी क्यामरा जडान गर्न लागेको जानकारी दिए । बारामा दिनदहाडै एक निजी […]

जनकपुरधाम । धनुषाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका ८ ठिल्ला बस्ने ५१ वर्षीय रामईश्वर ठाकुर छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले दिएको जानकारी अनुसार शुक्रबार साँझ ५० वर्षीया श्रीमती रामकाशी देवीलाई कुटपिट गर्ने र हतियार देखाई ज्यान मार्ने धम्की दिइरहेका थिए । सो सूचना पाएपछि इलाका […]

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न र त्यसका लागि आवश्यक काम गर्न राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिलाई निर्देशन दिएका थिए। राष्ट्रपतिले राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा चुरे संरक्षणका सम्बन्धमा भएको छलफलमा यस्तो निर्देशन दिएका हुन्। उनले चुरे विनासले निम्त्याउने सङ्कटप्रति चिन्ता व्यक्त गर्दै […]