२२ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

शिक्षाका लागी डा. राउतको यस्तो छ योजना

Logo
प्रकाशित मंगलबार, कार्तिक १५, २०७९

राजविराज, १५ कार्तिक ।मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ नजिकिदै जादा डा. सि. के. राउत नेतृत्वको जनमत पार्टी प्रति मतदाताहरु यति वेला आकर्षित भई रहेका छन् । सप्तरीको क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका डाक्टर राउतले रोजगारी, किसानको समस्या, भ्रष्टाचारमुक्त, निःशुल्क शिक्षा, सर्वशुलभसाथै निःशुल्क स्वास्थ्य, प्रत्यक्ष लोकतन्त्र लगायतका विभिन्न क्षेत्रमा सक्रिय भएर कार्य गर्ने बताएका हुन् ।

उनका अनुसार देशमा विभिन्न कारणले गर्दा अझै पनि शिक्षा सबैको पहुँचभन्दा बाहिर रहनुका साथै यो परम्परागत जीर्ण प्रणालीमा आधारित रहेको छ । नेपालमा ५ वर्ष माथिका उमेरको साक्षरता दर ६५.९% रहेको छ भने, अझै पनि २८.२% (१९.५% पुरुष र ३६.२% महिला) बच्चाहरू कहिले पनि विद्यालय जाँदैनन् । त्यस्तै ११.९% शहरी क्षेत्रका बच्चाहरू र २४.१% ग्रामीण क्षेत्रका बच्चाहरू कहिले विद्यालय जाँदैनन् ।

दैनिक भोजन, छात्रावास, आवागमन सुविधा, साइकिल, शैक्षिक सामग्री, पोशाक आदि दिँदै विशेष कार्यक्रमहरू ल्याई विद्यालय जान नसकेका सबै बच्चाहरूको विद्यालय भर्ना सुनिश्चित गरिने उनको भनाई छ । यसका साथै शिक्षा क्षेत्रमा दीगो विकास लक्ष्य हासिल गर्ने गरी कार्यक्रमहरू ल्याइनेछ । छोरीलाई र ग्रामीण क्षेत्रका बच्चाहरूलाई पढाउन प्रोत्साहित गर्ने तथा तिनीहरूलाई उच्च शैक्षिक स्तर सम्मै शिक्षा हासिल गर्न प्रोत्साहित गर्ने खालका कार्यक्रमहरू ल्याइनेछ । शैक्षिक क्षेत्रलाई राजनैतिक हस्तक्षेपबाट मुक्त राखी, विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्दै, बंद–हडताल सहितका गतिविधिहरूबाट विद्यालय तथा शैक्षिक संस्थाहरूलाई टाढा राखिने डा. राउतको तर्क छ ।

डा. राउतले दिइएको जानकारी अनुसार बच्चाहरूलाई शिक्षा दिई असल र सक्षम नागरिक बनाएर देशलाई योगदान दिइरहेका शिक्षकहरूको मनोबल वृद्धि गर्न र शिक्षण पेशालाई आकर्षक बनाई “बेस्ट एंड ब्राइटेस्ट”लाई यस पेशामा तान्न शिक्षकहरूको तलब समान स्तरको अरू सरकारी कर्मचारी भन्दा २०% बढी बनाउँदै अन्य आकर्षक सुविधा र अधिकारहरू पनि प्रदान गर्नुका साथै राष्ट्रिय शिक्षाबाट अन्तरराष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादन गर्न तथा सरकारी र निजी क्षेत्रको शिक्षामा रहेको विषमता हटाउन सम्पूर्ण शिक्षाको माध्यम अंग्रेजी बनाउँदै मातृभाषा तथा सरकारी र प्रशासनिक कामकाजको भाषा सहितका भाषाहरूलाई विषयगत रुपमा पढाउने प्रभावकारी व्यवस्था गरिनेछ ।
+२ सम्मको सम्पूर्ण शिक्षा निःशुल्क र उच्च अध्ययन गर्न चाहनेहरूको लागि पनि न्यूनतम शुल्कमा शिक्षा आर्जन गर्ने विकल्प सदैव उपलब्ध हुने सुनिश्चितता तथा हरेक व्यक्ति आर्थिक रुपले आत्मनिर्भर हुने तथा राष्ट्रिय अर्थतन्त्र र राज्य संचालनमा योगदान दिन सक्ने खालको उपयुक्त परिमार्जित शिक्षा प्रणाली लागू गरिनेछ । व्यवसायिक, प्राविधिक तथा व्यवहारिक जीवनमा उपयोगी हुने शिक्षालाई विशेष जोड़ दिइने डा. राउतले जानकारी दिए ।

‘राष्ट्रिय बजेटबाट शिक्षाको लागि उपयुक्त मात्रामा प्राथमिकताका साथ लगानी छुट्टयाउन लगाई आवश्यक शैक्षिक पूर्वाधार र भौतिक संरचनाहरूको निर्माण गर्नुका साथै आधुनिक शिक्षण सामग्री र व्यवहारिक शिक्षालाई बढावा दिने शिक्षण–कक्ष र प्रयोगशालाहरूको निर्माण आधारभूत स्तरदेखि गर्नुका साथै हरेक विद्यालयमा सुरक्षित भवन, फर्निचर, बिजली, फोन÷फ्याक्स÷इन्टरनेट, पुस्तकालय, हरेक कक्षा कोठामा प्रोजेक्टर सहितका शैक्षिक सामग्री, अडिटोरियम, प्रयोगशाला, शौचालय, खानेपानी, क्यान्टीन, छात्रावास, प्ले ग्राउन्ड, खेलकुद सामग्री आदिको व्यवस्था गर्ने’ जनमत पार्टीका अध्यक्ष समेत रहेका डा. राउतले भने – ‘हरेक विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग अनिवार्य गरिनुका साथै इ–लाइब्रेरीको स्थापना गरी ट्याबलेट, ल्यापटप, विडियो कन्फेरेन्स आदिको प्रयोग गरी शिक्षा हासिल गर्ने वातावरण बनाइनेछ ।’
सरकारी शिक्षामा रहेको स्थूलता र निजी क्षेत्रमा रहेको अत्यधिक नाफामूलक व्यवसायिकतालाई अन्त गर्दै सरकारी क्षेत्रमा लगानी वृद्धि गर्दै तथा निजी क्षेत्रमा नियमन गर्दै दुइटै क्षेत्रमा समान आकर्षण र शिक्षाको अवसर प्राप्त हुने गरी सुधारका नीतिहरू ल्याइने पार्टीको घोषना पत्रमा उल्लेख छन् ।

खुला विश्वविद्यालयलाई प्रभावकारी ढंगले सञ्चालनमा ल्याउनुका साथै यसको विषयमा उचित प्रचार–प्रसार गरी सबै क्षेत्रका जनताका लागि सहज ढंगमा पहुँच हुने गरी यसको विस्तार गर्ने र खुला विश्वविद्यालयमा शिक्षाको सटीक मापदण्ड स्थापित गरी त्यसबाट शिक्षा आर्जन गरेकाहरूले समान मान्यता पाउने र रोजगारीका अवसरहरूमा तिनीहरूलाई कम प्राथमिकतामा राख्ने वा वंचित गर्ने गरी विभेद नगर्ने खालको वातावरण बनाइने डा. राउतले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]