१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

जनमत जितेपछि किसानको समस्या समाधान हुन्छ : उम्मेदवार ई .साह

Logo
प्रकाशित बुधबार, कार्तिक ३०, २०७९

जनकपुरधाम, २९ कार्तिक : जनमत पार्टीका केन्द्रीय सदस्य तथा धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार ई . शम्भुनाथ साहले जनमत जितेपछी किसानको समस्या समाधान गर्ने बताएका छन् ।

मंगलबार जनकपुरधाममा घरदैलो कार्यक्रमको क्रममा उम्मेदवार साह किसानहरु वर्षो देखि मलखाद लगायतका समस्या भोगदै आएको भएपनि राज्य समाधान गर्न नसकेको आरोप लगाएका छन् ।

उनले जनमत पार्टी मात्र किसानहरुको यो समस्या दीर्घकालीन रुपमा समाधान गर्ने बताए । नेता साह आफु जितेमा यस क्षेत्रमा सुशासन कायम गरि बेरोजगारीको समस्या समाधान गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

त्यसैगरि जनमत पार्टीको धनुषा क्षेत्र नम्बर ३ (ख) का उम्मेदवार रामबाबु साहले अन्य दलहरुको साहारा लिएर चुनाव लडने गठबन्धनका दलले जनताको कुनै काम गर्न नसक्ने बताए ।

उम्मेदवार साह आफुलाई ठुला भन्ने दलहरु दशकौैं देखि जनतालाई ठक्ने काम गरेकाले देश हरेक क्षेत्रमा पछाडि परेको र प्रगती हुन नसकेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]