१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

रावणराज अन्त्य गर्न जनमत पार्टीमा मतदान गर्न आग्रह गर्दै रामपुकार

Logo
प्रकाशित बुधबार, कार्तिक ३०, २०७९

जनकपुरधाम,३० कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नं.२(ख) मा जनमत पार्टीको प्रदेशसभा सदस्यको उम्मेदवार रामपुकार यादवले रावणराज अन्त्य गर्न जनमत पार्टीको हर्न छापमा मतदान गर्न आग्रह गरेका छन्।

धनुषाको शहिदनगर नगरपालिकाको कुभकरणमा घरदैलो गर्दै उम्मेदवार यादवले मतदातासंग आग्रह गर्दै पुराना राक्षसरुपी दलहरुबाट देशको परिवर्तन सम्भव नरहेको बताउनुभएको छ ।उनले यसपटक त्यसको विकल्पमा जनमत पार्टीलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

मतदातालाई घरदैलोको क्रममा पुराना र आफूलाई ठुला भन्ने दलहरु जनतामा जान डराइरहेको भन्नुभयो । जनताका लागि कुनै काम गर्न नसकेकाले सत्ता, शक्ति आफ्नै हातमा भएर पनि दलहरु एक्लै जनतामा जान नसकेको बताउँदै अहिले पाँच–पाँच दलको दुई गठबन्धन बनाएर चुनाव लड्नु पर्ने अवस्था आएको उम्मेदवार यादवले आरोप लगाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]