२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

मधेशको विकास बुलेट ट्रेनजस्तै हुन्छ : मुख्यमन्त्री यादव

Logo
प्रकाशित शनिबार, माघ २१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२१ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेसको विकास बुलेट ट्रेनजस्तै हुने बताए ।

शनिबार मधेश प्रदेशसभा सचिवालयले आयोजना गरेको मधेश प्रदेश सभाको पाँचौ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेशको विकास बुलेट ट्रेनजस्तै हुने बताए ।

उनले, “मधेस सरकार हिजो बल्ल पूर्णता पायो, आज प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रम प¥यो, मन्त्री र सचिवसँग बसेर भोलिदेखि नै सरकारको काम बुलेट ट्रेनको जस्तो तीव्रगतिमा आगाडि बढ्छ ।”

मुख्यमन्त्री यादवले प्रदेशमा हुने भ्रष्टाचार नियन्त्रण गरेरै छाड्नेसमेत पुनः दोहो¥याउनुभयो । स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन आफ्नो मुख्य प्राथमिकतामा रहेको उहाँको तर्क थियो ।

विगतमा सभामुख हुँदा सम्पूर्ण माननीयको सहयोग र सद्भावले आफूले ऐन, कानुनमात्र नभई प्रदेशको नाम र राजधानीजस्तो संवेदनशील विषयसमेत सहमतिमै पारित गराउन सफल भएको बताउँदै उहाँले यस कार्यकालमा पनि सहयोग र सद्भाव पाए राम्रो काम गर्ने भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]