०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

मधेशको विकास बुलेट ट्रेनजस्तै हुन्छ : मुख्यमन्त्री यादव

Logo
प्रकाशित शनिबार, माघ २१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२१ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेसको विकास बुलेट ट्रेनजस्तै हुने बताए ।

शनिबार मधेश प्रदेशसभा सचिवालयले आयोजना गरेको मधेश प्रदेश सभाको पाँचौ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेशको विकास बुलेट ट्रेनजस्तै हुने बताए ।

उनले, “मधेस सरकार हिजो बल्ल पूर्णता पायो, आज प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रम प¥यो, मन्त्री र सचिवसँग बसेर भोलिदेखि नै सरकारको काम बुलेट ट्रेनको जस्तो तीव्रगतिमा आगाडि बढ्छ ।”

मुख्यमन्त्री यादवले प्रदेशमा हुने भ्रष्टाचार नियन्त्रण गरेरै छाड्नेसमेत पुनः दोहो¥याउनुभयो । स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन आफ्नो मुख्य प्राथमिकतामा रहेको उहाँको तर्क थियो ।

विगतमा सभामुख हुँदा सम्पूर्ण माननीयको सहयोग र सद्भावले आफूले ऐन, कानुनमात्र नभई प्रदेशको नाम र राजधानीजस्तो संवेदनशील विषयसमेत सहमतिमै पारित गराउन सफल भएको बताउँदै उहाँले यस कार्यकालमा पनि सहयोग र सद्भाव पाए राम्रो काम गर्ने भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालबाट टुक्रिएर बनेको जसपाले पूर्वसांसद अशोककुमार यादवलाई मधेश प्रदेश संयोजक तोकेको छ । यादवलाई मधेश प्रदेश संयोजकको जिम्मेवारी दिइएको जसपाका महासचिव एवं स्वास्थ्यमन्त्री प्रदीप यादवले जानकारी दिए । उनका अनुसार प्रदेश संयोजक यादवलाई संगठनको कामकाज गर्ने पूर्ण जिम्मेवारी दिइएको छ । यादव २०७४ सालको निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टीबाट सर्लाही […]

जनकपुरधाम ।जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता तथा पुर्व शिक्षामन्त्री महेश प्रसाद यादवले सप्तरीको दुईवटा विद्यालयको शैक्षिक भवनको शिलान्यास गरेका छन् । पुर्वमन्त्री यादवले रुपनी गाउँपालिका-३ स्थित रहेको माध्यमिक विद्यालय कटैयामा चार कोठे भवन र शम्भुनाथ नगरपालिका-२ खैरबोनास्थित रहेको आधारभुत विद्यालयमा दुई कोठे भवनको एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् । पुर्वमन्त्री यादव मधेश प्रदेश […]