२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

पर्सामा विभिन्न् पार्टीका सयौं नेता कार्यकर्ताहरु जनमतमा प्रवेश

Logo
प्रकाशित मंगलबार, माघ २४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२४ माघ । मधेश प्रदेशको पर्सा जिल्लामा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन ।

मंगलबार वीरगन्जको रोयल पार्टी प्यालेसमा आयोजित भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै सयौं जना नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले फूलमाला र अबिरको टिका लगाएर पार्टीमा स्वागत गरेको छ ।

सो कार्यक्रमा जनमत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थितिसमेत रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आज धनुषाको औरही आइरहेको छ। अध्यक्ष डा.राउतले धनुषाको औरही गाउँपालिका-५ स्थित चक्कर जाने बाटोमा जनमत पार्टी धनुषाले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीमा केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले जानकारी दिए । महिला नेतृ मण्डलकी अनुसार आज शुक्रबार २ बजेबाट पार्टी प्रवेश […]