०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

जनकपुर यातायात कार्यालयबाट दुई बिचौलिया प्रहरीको फन्दामा

Logo
प्रकाशित बुधबार, फाल्गुण ०३, २०७९

जनकपुरधाम,३फागुन । यातायात व्यवस्था कार्यालय जनकपुरबाट दुई बिचौलियालाई प्रहरीको फन्दामा परेको छ।

पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका-३ का ३३ वर्षीय अनिल साह र महोत्तरीकै एकडारा गाउपालिका-३का ३५वर्षीय विरेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले बताए ।

उनले यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरूलाई काम छिटो छरितो गराइदिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरिरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए।

बुधबार यातायात कार्यालयमा सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यसअघि प्रहरीले यातायात व्यवस्था कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषामा बिचौलियाको काम गर्ने व्यक्तिहरूलाई पक्राउ गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालबाट टुक्रिएर बनेको जसपाले पूर्वसांसद अशोककुमार यादवलाई मधेश प्रदेश संयोजक तोकेको छ । यादवलाई मधेश प्रदेश संयोजकको जिम्मेवारी दिइएको जसपाका महासचिव एवं स्वास्थ्यमन्त्री प्रदीप यादवले जानकारी दिए । उनका अनुसार प्रदेश संयोजक यादवलाई संगठनको कामकाज गर्ने पूर्ण जिम्मेवारी दिइएको छ । यादव २०७४ सालको निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टीबाट सर्लाही […]

जनकपुरधाम ।जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता तथा पुर्व शिक्षामन्त्री महेश प्रसाद यादवले सप्तरीको दुईवटा विद्यालयको शैक्षिक भवनको शिलान्यास गरेका छन् । पुर्वमन्त्री यादवले रुपनी गाउँपालिका-३ स्थित रहेको माध्यमिक विद्यालय कटैयामा चार कोठे भवन र शम्भुनाथ नगरपालिका-२ खैरबोनास्थित रहेको आधारभुत विद्यालयमा दुई कोठे भवनको एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् । पुर्वमन्त्री यादव मधेश प्रदेश […]