०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

जनकपुर यातायात कार्यालयबाट दुई बिचौलिया प्रहरीको फन्दामा

Logo
प्रकाशित बुधबार, फाल्गुण ०३, २०७९

जनकपुरधाम,३फागुन । यातायात व्यवस्था कार्यालय जनकपुरबाट दुई बिचौलियालाई प्रहरीको फन्दामा परेको छ।

पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका-३ का ३३ वर्षीय अनिल साह र महोत्तरीकै एकडारा गाउपालिका-३का ३५वर्षीय विरेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले बताए ।

उनले यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरूलाई काम छिटो छरितो गराइदिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरिरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए।

बुधबार यातायात कार्यालयमा सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यसअघि प्रहरीले यातायात व्यवस्था कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषामा बिचौलियाको काम गर्ने व्यक्तिहरूलाई पक्राउ गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]