०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

उपेन्द्र यादवको नागरिकता विधेयक विरोधी अभिव्यक्ति घातक

Logo
प्रकाशित सोमबार, बैशाख ०४, २०८०

कलैया : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बारा-२ मा को उपनिर्वाचनमा चुनावी मैदानमा छन्। उनको पार्टीबाट निर्वाचित भएका सांसद रामसहाय यादव उपराष्ट्रपति बनेपछि बारा -२ मा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो।

उक्त उपनिर्वाचनमा जसपा अध्यक्ष यादव चुनावी मैदानमा होमिएका छन्। एकपटक पराजित भएपछि पाँच वर्षसम्म पनि कुर्न नसक्‍ने यादव छोटो बाटोबाट सत्तामा पुग्‍ने भर्‍याङका रुपमा बारा-२ को उपनिर्वाचनलाई बनाएका छन्।

यसअघि जनता समाजवादी पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका यादवविरुद्ध यसपटक माओवादीबाट पार्टी प्रवेश गरेका शिवप्रसाद कुशुवाह चुनावी मैदानमा छन्। जनमत पार्टीले नागरिकता विधेयकलाई अघि बढाउने मुद्दालाई बोकेर हिँडिरहेको छ।

तर, जसपा अध्यक्ष यादवलाई नागरिकता विधेयकविरुद्ध दिइएको अभिव्यक्ति उनकै लागि घातक बनिरहेको छ। जनता समाजवादी पार्टी (जसपा)ले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको विरोधमा देशका विभिन्न सहरमा विरोध प्रदर्शन गरेको थियो। उक्त विरोध कार्यक्रमको अगुवाई जसपा अध्यक्ष उपेन्द्र यादवले गरेका थिए।

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको नागरिकता विधेयकका कतिपय प्रावधान विभेदकारी भएको भन्दै त्यस समय जसपाले सडक आन्दोलन नै गरेको थियो। मधेसी जनताका नाममा राजनीति गरिरहेका यादवले मधेसका कयौं जनताले नागरिकता नपाउने समस्या समाधान गर्न अड्चन सिर्जना गरेका थिए।

२०७७ असार १६ गते नागरिकता विधेयकको विरोधमा जसपाले देशभरका जिल्ला सदरमुकाम र मुख्य सहरहरूमा विरोध प्रदर्शन र सभा आयोजना गरेको थियो। मधेसी जनताले उनलाई सप्तरी-२ मा सोही कुराको सजाय दिएका थिए। अहिले बारा-२ मा पनि सप्तरी-२ कै नतिजा आउनसक्ने राजनीतिक विश्लेषकहरुको टिप्पणी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]