०७ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

कमलाको दुख : तीन मिनेटको बाटो डेढ घण्टा

Logo
प्रकाशित आइतबार, आषाढ ०३, २०८०

लहान । शुक्रबार सुरजकुमार मुखिया निकै हतारमा हुनुहुन्थ्यो । केही घण्टा भए पनि छिटो पुगिएला भनेर पूर्वपश्चिम महेन्द्र राजमार्ग छलेर जनकपुरबाट विराटनगर जान हिँडेका उहाँ निकै हतारमा रहेको मोटरसाइकलको गतिबाट प्रष्ट थाहा हुन्थ्यो ।त्यस्तै हतारमा थिए रामदेव महतो पनि । हतार गरेर के गर्नु ! उहाँहरूको मोटरसाइकलको गति १२ वर्षदेखि भाँसिएको धनुषा–सिरहा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला नदि छेउमा पुगेर रोकियो । जसरी केही समयअघिदेखि सिरहा नगरपालिका–७ का कपिलदेव यादव छुताउँदै रोकिरहेका थिए ।

“छिटो पुगिन्छ भनेर पहिले यही बाटो आइन्थ्यो तर यस पटक भने दुःख पाइयो । पुल बगाएको बारे यही पुगेपछि मात्रै थाहा भयो । अब फर्किने कि अर्को बाटोबाट जाने दोधारमा छु”, यादवले मलिन मुद्रामा भने ।

यस्तै पछुतो थियो सुरजकुमार मुखियाको पनि । “साथीले एकाध घण्टा छोटो हुन्छ भनेर यो बाटो आए तर यहाँ त कामचलाउ काठको पुल पनि बगाइसकेको रहेछ”, उनले भने, “यस्तो हविगत होला भन्ने के थाहा ! फसादमा परियो । अब कुन बाटो भएर जाने थाहा नै छैन ।”

यतिबेलै आइपुगे धनुषाको विदेह नगरपालिका वडा नं ६ का सुविन्दर झा । वर्षौंदेखि कमलाको दुःखबारे जानकार झाले पारी पुग्न दुई विकल्प सुनाए । ती दुई विकल्पमध्ये या त भारतीय बजार जयनगर हुँदै जाने वा सारश्वरघाट हुँदै डुङ्गा चढेर पुलपारी पुग्ने । “के गर्नु हजुर केही दिनअघि मात्रै आएको बाढीले अस्थायी काठेपुल पनि बगायो । धेरै मान्छेले यसरी नै पुलसम्म पुगेर धोका पाउनुपरेको छ । यस्तो दुःख वर्षायामभरि भोग्नु्पर्छ”, उनले भने । उनले तीन मिनेटको दूरीमा पुग्ने ठाउँमा अब डेढ/दुई घण्टा समय लाग्ने बताए ।

हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै डेढ वर्षअघि भाँसिएको थियो । स्थानीयले वर्षौंदेखि काम चलाउ काठेपुल बनाएर आवतजावत गरिरहे पनि वर्षायाममा भने सोही पुल बगाएर सधैँ यस्तै सास्ती हुने गरेको छ । यो समय स्थानीयले वारपार गर्न भारतीय बजार जयनगर वा रु एक सय तिरेर डुङ्गाको जोखिमपूर्ण यात्रा परिरहेको स्थानीय पत्रकार नरेश रौनियारले जानकारी दिए ।

“अन्य बेला त काठेपुल वा अन्य विकल्प प्रयोग गरेर नदी वारपार गर्न सकिन्थ्यो तर वर्षायामभरी यो विकल्प पनि रहँदैन । खै ! कहिलेसम्म यस्तो सास्ति खेप्नुपर्ने हो ?”, उनले भने । निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स कन्सट्रक्सन’ले आगामी चैत मसान्तसम्म भाँसिएको पुल पुनःनिर्माण गर्ने गरी काम गरिरहेको थियो तर कमला नदीमा बढेको पानीको बहावका कारण पुनःनिर्माणको काम पनि रोकिएको छ । निर्माण कम्पनीका आयोजना प्रमुख सुदीप थापाले आगामी असोजसम्म काम रोकिएको जानकारी दिए ।

विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो तर पटक पटक म्याद थपेर करिब दश वर्ष लाग्यो । निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि पुनःनिर्माण अनिश्चित भयो । यही अनिश्चितताबीच गत फागुन १५ मा

तत्कालीन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुलको स्थलगत निरीक्षण गरी तत्काल काम सुरु गर्न निर्देशन दिएका थिए । “जनताले निकै सास्ती भोग्नुपरेको छ । यसरी पुल निर्माण कार्य अलपत्र पार्न पाइँदैन । म निर्माण कम्पनीलाई प्रक्रिया पुर्याएर तत्काल काम गर्न निर्देशन दिन्छु”, उपप्रधानमन्त्री श्रेष्ठले भनेका थिए । यसको केही समयपछि गत चैत २६ गते प्राविधिक नक्सा स्वीकृत भई पुनःनिर्माणको काम सुरु पनि गरियो तर शुक्रबारदेखि सो कार्य पूर्णरुपमा ठप्प भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]