०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

विदेशमा ज्यान गुमाएकाको शव सरकारले ल्याउन सक्दैन ः सांसद खान

Logo
न्यूज मधेश प्रकाशित बुधबार, साउन १०, २०८०

काठमाडौं । जनमत पार्टीका सांसद तथा पूर्वमन्त्री अब्दुल खानले रोजगारीका लागि विदेश गएर मृत्यु भएका नेपालीको शव ल्याउन सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले भने, ‘वैदेशिक रोजगारीमा नेपाली जान्छन् । कारणबश मृत्यु हुन्छ । उनीहरूको शव सरकारले ल्याउन सक्दैन । राजदूत र दूतावास किन राख्ने ?’

जोर्डन र आउदी अरेबियामा नेपाली कामदारको मृत्यु भएको र शव ल्याउन सरकारले पहल नगरेको उनले बताए । ‘शव ल्याउन सक्दैन भने सरकारलाई रेमिट्यान्स उठाउने अधिकार छैन,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]