२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

सरकारले गौर हत्याकाण्डको छानविन नगरे पीडितहरु हेग जान्छन् : प्रभु साह

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र ११, २०८०

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले गौर हत्याकाण्डको छानविन नगरेको खण्डमा पीडितहरु हेग जाने चेतावनी दिएका छन् ।

आज (सोमबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले पीडितसँग छानविन गर्ने प्रतिवद्धता जनाएपनि कुर्सी हल्लिने डरले चुप लागेर बसेको बताए ।

घटना भएको १७ वर्ष वितिसक्दा पनि छानविन नहुनुले पीडितहरुको कानुनी राज्यको अनुभूति गर्न नपाएको उनको भनाई छ । सरकार छानविन गर्छु भन्छ ।

तर, कुर्ची हल्लिने डरले रोकेको छ । न्यायका लागि सरकार बनेको हो कि कुर्ची बचाउन ? सरकार कुर्ची बचाएर बस्ने हो भने र नेपालमा न्याय नपाउने हो भने पीडितहरु हेग जान्छन्, चुप लागेर बस्दैनन्,’– उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

काठमाडौँ, १८ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना तीव्रगतिमा अगाडि बढिरहेको जानकारी दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले गर्नुभएको प्रश्नको उत्तर दिँदै उहाँले मेलम्चीको पानी बाह्रै महिना उपत्यकावासीको धारामा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो । मन्त्री यादवले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता […]