१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

सांसद सिंहको प्रश्न : प्रधानमन्त्रीको छोरीले हरेक बैठकमा बस्ने अधिकार कहाँबाट पायो ?

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, भाद्र १२, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहाल राज्यका उच्च तहका हरेक बैठकमा कुन हैसियतमा बसिरहेकी हुन् भनेर संसद्‌मा नै प्रश्न उठेको छ ।

प्रधानमन्त्री दाहालले छोरीलाई राज्यका हरेक उच्च तहका बैठकमा सहभागी गराएर गणतन्त्रमाथि नै खतरामा पारेको भनेर स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रश्न उठाएका हुन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सिंहले प्रधानमन्त्रीकी छोरी र पूर्वप्रधानमन्त्रीको श्रीमती कुन हैसियतमा राज्यका उच्च तहका बैठकमा बसिरहेका हुन् भनेर प्रश्न गरेका हुन् । गणतन्त्रलाई नेताको शासनमा परिणत गर्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो ।

‘जनताको तन्त्र हो गणतन्त्र तर नेताको शासन कसरी भयो ? नेताको छोरीले अथवा प्रधानमन्त्रीको छोरीले कहाँबाट त्यो अधिकार पाउँछ हरेक बैठकमा बस्ने ? म प्रश्न गर्न चाहन्छु हामीले कस्तो व्यवस्था गरेका छौं ? कुनै पूर्वप्रधानमन्त्रीको श्रीमती कसरी हरेक बैठकमा बस्न पाउँछन् ?,’ उनले भने । त्यस्ता गतिविधिबाट व्यवस्थालाई नै खतरा रहेको सांसद सिंहको भनाइ थियो । ‘अथोरिटी विदाउट अकाउन्टिबिलिटी चलेको छ, सबैभन्दा बढी खतरा त्यहाँबाट छ । गणतन्त्रलाई कहिँबाट खतरा छ भने चार-पाँच जना नेता र उनीहरूका बच्चाहरूबाट छ,’ उनले भने, ‘जम्मै भ्रष्टाचारको जरो त्यहाँ छ ।’

मुलुकका ठूला भ्रष्टाचार काण्ड अन्तिम टुंगोमा किन पुगेनन् भनेर पनि सांसद सिंहले प्रश्न गरेका छन् । उनले वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकार इतिहासमै कमजोर रहेको विदेशी हस्तक्षेप निम्याउएर मुलुकमा धार्मिक र जातीय युद्ध निम्त्याउन उद्दत रहेको पनि बताए । ‘नेपालमा विदेशीको हस्तक्षेप इतिहासमै धेरै भइरहेको छ । यति कमजोर सरकार नेपालमा मैले यसअघि देख्या थिएन ।सरकार नेपालमा वैदेशिक हस्तक्षेपको निमन्त्रणकर्ता हो । सरकारको सहभागिता र सक्रियतामा नेपालमा जातीय र धार्मिक दंगा गराउन खोजिँदै छ,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]