०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

धनुषामा विभिन्न पार्टीका सयौंको संख्यामा नेताकार्यकर्ताहरु जनमतमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, भाद्र १९, २०८०

जनकपुरधाम ।धनुषामा विभिन्न पार्टी परित्याग गर्दै सयौंको संख्यामा नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन्।

मंगलबार जनमत पार्टी धनुषाले महेन्द्रनगरमा आयोजना गरेको वृहत्  पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका पाँच सय भन्दा बढि नेताकार्यकर्ताहरुले जनमतमा प्रवेश गरेका हुन।

पार्टी प्रवेश गर्नेमा नेपाल समाजवादी पार्टी (नेसपा) का धनुषा जिल्ला अध्यक्ष पवन मण्डलको नेतृत्वमा नेसपाका जिल्ला कार्यसमिति ,केन्द्रिय सदस्य ,प्रदेश सदस्यसहित एक सय भन्दाबढी जनमत पार्टीमा प्रवेश गरेका छन्।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का धनुषा क्षेत्र नं.४ का क्षेत्रीय अध्यक्ष जितनारायण साहको नेतृत्वमा लोसपाका क्षिरेश्वरनाथ नगरपालिकाको कार्यसमितिका सदस्यहरु,बटेश्वर गाउँपालिकाको कार्यसमितिका पदाधिकारीहरु,मिथिला नगरपालिका कार्यसमितका पदाधिकारीहरुसहित एक सय ५० जना भन्दा बढी लोसपा परित्याग गरि जनमत प्रवेश गरेका हुन।

त्यस्तै ,राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का नेता दिपनारायण यादवको नेतृत्वमा राप्रपाका धनुषा क्षेत्र नं.४ का एक सय भन्दा बढी नेता कार्यकर्ताहरुले जनमत पार्टी प्रवेश गरेको हो।

त्यसैगरि, नेकपा एमाले,नेपाली कांग्रेस ,जनता समाजवादी पार्टी नेपाल( जसपा) ,माओवादी केन्द्रियका नेताकार्यकर्ताहरुसहित पाँच सय भन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी धनुषा इन्चार्ज सुरेन्द्र मण्डलले बताए ।

नवप्रवेश नेताकार्यकर्ताहरुलाई कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत र विशिष्ट अतिथी जनमत पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले फुलमला र अविरको टीका लगाएर पार्टीमा स्वागत गरेको हो।साथै,पार्टी प्रवेश गरेका नेताकार्यकर्ताहरुलाई अध्यक्ष डा.राउतले पार्टीको सदस्यतासमेत प्रदान गरिएको छ।

सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव तथा पुर्व कृषि राज्यमन्त्री प्रदेश सांसद संजय यादव,राष्ट्रिय सचीव बीपी साह,केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डल ,अंजली मण्डल ,प्रदेश सांसद अनिता कुमारी साहसहित पार्टीका केन्द्रिय सदस्य ,राजनीतिक समिती सदस्य ,प्रदेश सदस्यसहित जिल्लाका नेताकार्यकर्ताहरुको उपस्थितमा वृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो।

जिल्ला इन्चार्ज सुरेन्द्र मण्डलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जनमत पार्टीका नेता इन्दजित यादवले गरेका थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]