०९ जेठ २०८१, बुधबार
22-05-2024 , Wed
×

माटोका भाँडा बनाउन कुमालेलाई भ्याईनभ्याई

Logo
न्यूज मधेश प्रकाशित आइतबार, भाद्र २४, २०८०

जनकपुरधाम । धनुषासहित मिथिलाञ्चलका कुम्भकार (कुमाले) चौठचन्द्र पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउन व्यस्त छन्।

माटोका भाँडामा खिर, दही, फलफूलसहितका प्रसाद सामग्री राखी चन्द्रमालाई अर्घ दिएर मनाइने ‘चौठचन्द्र’ पर्वका लागि व्रत बस्नेलाई माटाको भाँडो पुर्‍याउन कुम्भकारलाई भ्याईनभ्याई छ। तराई-मधेसमा भदौ चतुर्थी तिथिका दिन चौठचन्द्र पर्व मनाउने गरिन्छ।

दुई साताअघिदेखि क्षीरेश्वरनाथ नगरपालिका-४ हरैया टोलका अधिकांश कुम्भकारको दैनिक बिहानैदेखि माटो मुछ्ने र भाँडा बनाउनेमा व्यस्त देखिन्छन्। हरैयामा कुम्भकारको एउटै छुट्टै टोल छ। उनीहरूको पुर्ख्याैली पेसा माटाका भाँडा बनाएर बेच्ने हो। यतिखेर यहाँका सबैजसो घरपरिवारका सदस्य माटोको भाँडा बनाउन व्यस्त रहेका स्थानीय विष्णुलाल पण्डितले बताए।

पर्वमा आवश्यक पर्ने छाछ छाछी, मटकुडी, घैला, दियो, दियो राख्ने बाला (लावैन)लगायत विभिन्न किसिमका भाँडाकुँडा बनाउन व्यस्त रहेको रामभरोस पण्डितले बताए।

भाँडा बनाउने माटो समयमा उपलब्ध नहुँदा समस्या हुने गरेकाले अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको उनले बताए। चौठचन्द्र पर्वमा एक थान भाँडालाई दुई सयदेखि पाँच सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनले बताए।

बजारमा पाइने प्लास्टिक, स्टिल, पित्तलका सामग्रीले माटोका भाँडालाई विस्थापित गरे पनि चाडपर्वमा भने अनिवार्य माग हुने गरेकाले कुम्भकारलाई यतिबेला भाँडा बनाउन भ्याईनभ्याई भएको धनुषा जिल्ला समन्वय समितिका पूर्वसभापति रामदेव यादवले बताए।

चौठचन्द्र मात्रै नभई दीपावली तथा छठमा पनि माटोको दियो, चौमुखे दियो, घैला (कलश) लगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले सिजन अनुसारका समान बनाउन थालिएको रामचरित्र पण्डितले बताए।

उनका अनुसार पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांशको जीविकोपार्जन माटोका भाँडाकुँडा बनाउने रहेकाले अरू समयभन्दा पर्वका बेला काममा बढी व्यस्त हुने गरेका छन्।

यसपालि मिथिलाञ्चलमा असोज २ गते चौठचन्द्र पर्व परेको छ। उक्त दिन साँझ चन्द्रमालाई माटोको भाँडामा बनाइएको दही, खिर, पुरी, फलफूलसहित पूजा गरी पर्व मनाउने गरिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु पाँच लाखमा बिक्री गरेको पाइएको छ। प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने ४३ वर्षकी मनमाया घलेले रु पाँच लाख लिएर चिनियाँ नागरिकसँग नक्कली बिहे गराई पीडित महिलालाई चीन पुर्याएर वेश्यावृत्तिमा लगाएको भेटिएको हो। पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान […]

जनकपुरधाम ।पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् । आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले सङ्घीय सरकारको स्वरूपमा भएको परिवर्तनअनुसार मधेस प्रदेशमा पनि सरकार परिवर्तन हुने बताए। मुलुक सङ्घीय संरचनामा रहेकाले केन्द्रीय संरचनाअनुसार नै प्रदेश सरकारको संरचना बाध्य […]

जलेश्वर । भङ्गहा-जनकपुर-जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेल सेवा प्रारम्भ भएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेल सेवा बन्द […]