०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

सर्लाहीको व्यस्त सडकमा फेला पर्‍यो गोली लोड गरेको पेस्तोल

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, आश्विन ०२, २०८०

सर्लाही । सर्लाहीको बयलबास बजारको व्यस्त सडकमा गोली लोड गरेको पेस्तोल फेला परेको छ।

सोमबार दिउँसो ईश्वरपुर नगरपालिका-६ बयलबास बजारस्थित सडकमा एक थान गोली लोड भएको चालु अवस्थाको पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

‘सडकमा पेस्तोल जस्तो हतियार देखिएको भन्दै स्थानीय जितन साहले हामीलाई खबर गर्नुभयो,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारीसमेत रहेका डीएसपी कैलाश राईले नेपालखबरसँग भने, ‘प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठको कमाण्डमा गएको प्रहरी टोलीले पेस्तोल लिएर आएको छ। एउटा गोली लोड गरिएको चालु अवस्थाको पेस्तोल छ।’

कसैले आपराधिक घटना घटाउने उद्देश्यले गोली लोड गरेको पेस्तोल बोकेर हिँडेको र प्रहरीलाई देखेपछि फालेको हुन सक्ने अनुमान डीएसपी राईले गरे।

उनले यस विषयमा थप अनुसन्धान जारी रहेको जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]