२० मंसिर २०८०, बुधबार
06-12-2023 , Wed
×

जनमतका राष्ट्रिय अध्यक्ष डा.सीके राउत सिरहाको चिकना बजार आउदै

Logo
दिपेन्द्र कुमार यादव प्रकाशित शनिबार, कार्तिक ११, २०८०

दिपेन्द्र कुमार यादव ,११ कार्तिक सिरहा : जनमत पार्टीको राष्ट्रिय अध्यक्ष माननीय डा.सीके राउत (चन्द्रकान्त राउत ) सिरहाको कल्याणपुर नगरपालिका चिकना बजार आउदै छ।

आउदो कार्तिक १९ गते जनमत पार्टी सिरहाको आयोजनामा हुने पार्टी प्रबेश तथा आम सभा कार्यक्रमको सम्बोधन गर्न डा.राउत चिकना बजार आउन लागेको कल्याणपुर नगरपालिका नगर अध्यक्ष रबिन्द्र ठाकुरले जानकारी दिए।

पार्टी प्रबेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौं नेताकार्यकर्ता, युवा , बुद्धिजीवी तथा स्वतन्त्र नागरिकहरु जनमत पार्टीमा प्रबेश गर्ने कार्यक्रम रहेको जनाइएको छ। सिरहामा जनमत पार्टीको संगठन बलियो रहेको छ। गत प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रदेशमा २ प्रत्येक्ष र २ समानुपातिक र प्रतिनिधि सभामा १ समानुपातिक सांसद गरि ५ जना प्रतिनिधि छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।नेकपा माओवादी केन्द्रका नेता दानी यादवले जनमत पार्टीमा प्रवेश गरेका छन । बुधबार नेकपा माओवादी केन्द्रका नेता यादवले पार्टी परित्याग गर्दै जनमत पार्टी प्रवेश गरेका छ्न। नेता यादवलाई जनमत पार्टीका प्रदेश सदस्य राम पुकार यादवले पार्टीमा स्वागत गरेको हो।नेता यादवले जनमत पार्टीको सदस्यतासमेत लिएको हो। सहिद नगर नगरपालिका-१ बलाबाखर निवासी रहेको विद्यार्थी जनमत संघका […]

रुपन्देही । जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले मेला–महोत्सवले मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने बताएका छन् । उनले मेला-महोत्सव मनोरञ्जनका लागि मात्रै नभइ यसले मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा मंसिर ६ गतेदेखि सञ्चालित छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० को सोमबार समापन कार्यक्रममा सचिव […]

जनकपुरधाम । जनमत पार्टी धनुषाले अधिवेशन तयारी समिति तोकेको छ। मंगलबार जनमत पार्टी धनुषाका इन्चार्ज सुरेन्द्र कुमार मण्डलको संयोजकत्वमा ७ सदस्यीय अधिवेशन समिति तोकिएको हो। समितिको सदस्यहरुमा जनमत पार्टीका राष्ट्रिय सचीव विशेश्वर प्रसाद साह(वीपी ),पार्टी केन्द्रिय कार्यकारिणी सदस्य इन्द्रजीत यादव,रेखा मण्डल ,केन्द्रिय सदस्य नवीन पण्डित रहेको छ। त्यसैगरी ,आमन्त्रित सदस्यमा जगदिस प्रसाद सिंह(जेपी सर) र […]