१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

जनमतका राष्ट्रिय अध्यक्ष डा.सीके राउत सिरहाको चिकना बजार आउदै

Logo
दिपेन्द्र कुमार यादव प्रकाशित शनिबार, कार्तिक ११, २०८०

दिपेन्द्र कुमार यादव ,११ कार्तिक सिरहा : जनमत पार्टीको राष्ट्रिय अध्यक्ष माननीय डा.सीके राउत (चन्द्रकान्त राउत ) सिरहाको कल्याणपुर नगरपालिका चिकना बजार आउदै छ।

आउदो कार्तिक १९ गते जनमत पार्टी सिरहाको आयोजनामा हुने पार्टी प्रबेश तथा आम सभा कार्यक्रमको सम्बोधन गर्न डा.राउत चिकना बजार आउन लागेको कल्याणपुर नगरपालिका नगर अध्यक्ष रबिन्द्र ठाकुरले जानकारी दिए।

पार्टी प्रबेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौं नेताकार्यकर्ता, युवा , बुद्धिजीवी तथा स्वतन्त्र नागरिकहरु जनमत पार्टीमा प्रबेश गर्ने कार्यक्रम रहेको जनाइएको छ। सिरहामा जनमत पार्टीको संगठन बलियो रहेको छ। गत प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रदेशमा २ प्रत्येक्ष र २ समानुपातिक र प्रतिनिधि सभामा १ समानुपातिक सांसद गरि ५ जना प्रतिनिधि छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]