१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

विकासका लागि दलगत स्वार्थभन्दा माथी उठौँ : मन्त्री साह

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, कार्तिक १०, २०८०

जनकपुरधाम ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता साहले विकासको नाममा दलगत स्वार्थभन्दा माथी उठ्न आग्रह गरेकी छन् ।

कपिलेश्वरनाथ युवा कमिटीले विजयदशमी, दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री साहले दलगत स्वार्थभन्दा माथी उठेर काम नगरेसम्म विकास असम्भव रहेको बताए ।

उनले देश विकासका लागि दलहरु बिच मात्रै नभई स्थानीय, प्रदेश तथा संघ सरकार बिच आपसी समन्वय हुनु आवश्यक रहेको बताइन् ।बिना रोडमैप तयार गरी भईरहेको विकास निर्माण अहिलेको समयमा काम नलाग्ने रहेको उनको भनाई थियो ।

दिगो विकासका लागि सबै तहको सरकारसंग समन्वय गरी रोडमैप तयार गरेर मात्रै विकास निर्माण तर्फ केन्द्रित हुनुपर्नेमा मन्त्री साहको जोड थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य जनकपुर विकास प्राधिकरणको बजेट नगरप्रमुखको गैरजिम्मेवारीका कारण फ्रिज भएको आरोप लगाए । उनले एकै दिन विरगंज र जनकपुर दूबै ठाउँका लागि १६÷१६ करोड रकम खाता पठाइयो, विरगंजले त्यसको सदुपयोग गर्यो तर जनकपुरधाम उपमहानगरको त्यो बजेट फ्रिज भएकोमा आक्रोश व्यक्त गरे ।

लोसपाका महासचिव एवं पूर्व प्रदेशसभा सदस्य परमेश्वर साहले संघियतामाथी चौतर्फी प्रहार भईरहेको बताउँदै संघियताको रक्षाका लागि सबै एक हुनुपर्नेमा जोड दिए । उनले संघियताकै कारण पछिल्लो केही वर्षमा विकासका कामहरु भएको दावी गर्दै यसको रक्षा नभए यस क्षेत्रको विकास पनि सम्भव नहुने तर्फ सचेत गराए ।

कपिलेश्वरनाथ युवा कमिटीका अध्यक्ष मनोज साहको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, पूर्व अध्यक्ष प्रकाशचन्द्र साह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

काठमाडौं। माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो। प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ।