०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

गहुँको बिउ र मल खाद्य समयमा किसान सम्म पुर्याउन सिरहाको औरही गापालाई जनमत पार्टीको ध्यानाकर्षण

Logo
डीके यादव प्रकाशित शुक्रबार, मंसिर ०८, २०८०

सिरहा : सिरहाको औरही गाउँपालिकालाई जनमत पार्टीद्वारा किसानका लागि गहुँ बिउ र मल खाद्य समयमा आपूर्ति गरि वितरण गर्न ध्यानाकर्षण गराएको छ।
तराईका किसानहरु अहिले धान काटेर भित्राउने र गहुँ छर्ने सुरसारमा छन् । तर पालिकाले किसानका लागि अनुदानमा गहुँ खरिद गरि वितरण गर्न रु.८,००,००० (अक्षरेपी आठ लाख )रकम छुट्याइए पनि गहुँ खरिदको कुनै पनि प्रक्रिया शुरु नगरी ढिलासुस्ती गरीरहेकोले ध्यानाकर्षण गराएको जनमत पार्टीका औरही गाउँपालिका अध्यक्ष रामभुवन यादवले जानकारी गराउनु भयो।

यस अघि पनि पालिकाले वितरण गर्न ढिलाइ गर्ने गरेको , सिजनमा वितरण नगर्नाले किसान मार्कामा पर्ने गरेकोले यस पटक किसानहरुलाई सुबिधा होस् भनेर समयमै वितरण गर्न जनमत पार्टी ध्यानाकर्षण गराएको हो। जनमत पार्टी किसानहरुको हकअधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको पनि छ। करिब दुई वर्ष अगाडि जनमत पार्टीकै नेतृत्वमा सिरहाको औरही गाउँपलिका बाटै किसान आन्दोलनको शुरूवात भएको थियो ।

गहुँको बिउ वितरणमा नै लफडा भएपछी तत्कालीन पालिका अध्यक्षले स्थानीय चार जना किसान उपर मुदा दायर पक्राउ गर्न लगाएपछि आन्दोलनको शुरूवात भएको थियो । जनमत पार्टीको नेतृत्वमा पालिकाबाट शुरु भएको आन्दोलन देशै भरी फैलिएको थियोे । उनीहरुकै दवाब पछि पक्राउ परेका किसानहरुलाई रिहाई समेत भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालबाट टुक्रिएर बनेको जसपाले पूर्वसांसद अशोककुमार यादवलाई मधेश प्रदेश संयोजक तोकेको छ । यादवलाई मधेश प्रदेश संयोजकको जिम्मेवारी दिइएको जसपाका महासचिव एवं स्वास्थ्यमन्त्री प्रदीप यादवले जानकारी दिए । उनका अनुसार प्रदेश संयोजक यादवलाई संगठनको कामकाज गर्ने पूर्ण जिम्मेवारी दिइएको छ । यादव २०७४ सालको निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टीबाट सर्लाही […]

जनकपुरधाम।मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंहले आधारभुत विद्यालय कजोलीमा दुई कोठे शैक्षिक भवनको शिलान्यास गरेको छ। सप्तरीको महदेवा गाउँपालिका-२ कजोलीका आधारभुत विद्यालयमा एक कार्यक्रमबीच यसै क्षेत्रका प्रदेश सांसदसमेत रहेका सभापति सिंहले शिलान्यास गरेका हुन् । निर्माण हुन लागेका भवनको लागि मधेश सरकारका शिक्षा तथा सांस्कृतिक मन्त्रालयबाट तत्कालीन मन्त्री महेश प्रसाद […]

वीरगञ्ज ।पर्साको वीरगञ्ज महानगरपालिका–१२ मुरलीपोखरी परिसरमा वडा स्वास्थ्यचौकीको भवन निर्माण हुने भएको छ । महानगरले रु ८६ लाख ३६ हजार छ सय ९६ लागतमा स्वास्थ्यचौकी निर्माण हुन लागेको हो । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सोमबार एक कार्यक्रमबीच वडा स्वास्थ्यचौकीको भवनको शिलान्यास गर्दै तोकिएको समयमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ। “स्वास्थ्यचौकी भाडाको […]