१७ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

गहुँको बिउ र मल खाद्य समयमा किसान सम्म पुर्याउन सिरहाको औरही गापालाई जनमत पार्टीको ध्यानाकर्षण

Logo
डीके यादव प्रकाशित शुक्रबार, मंसिर ०८, २०८०

सिरहा : सिरहाको औरही गाउँपालिकालाई जनमत पार्टीद्वारा किसानका लागि गहुँ बिउ र मल खाद्य समयमा आपूर्ति गरि वितरण गर्न ध्यानाकर्षण गराएको छ।
तराईका किसानहरु अहिले धान काटेर भित्राउने र गहुँ छर्ने सुरसारमा छन् । तर पालिकाले किसानका लागि अनुदानमा गहुँ खरिद गरि वितरण गर्न रु.८,००,००० (अक्षरेपी आठ लाख )रकम छुट्याइए पनि गहुँ खरिदको कुनै पनि प्रक्रिया शुरु नगरी ढिलासुस्ती गरीरहेकोले ध्यानाकर्षण गराएको जनमत पार्टीका औरही गाउँपालिका अध्यक्ष रामभुवन यादवले जानकारी गराउनु भयो।

यस अघि पनि पालिकाले वितरण गर्न ढिलाइ गर्ने गरेको , सिजनमा वितरण नगर्नाले किसान मार्कामा पर्ने गरेकोले यस पटक किसानहरुलाई सुबिधा होस् भनेर समयमै वितरण गर्न जनमत पार्टी ध्यानाकर्षण गराएको हो। जनमत पार्टी किसानहरुको हकअधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको पनि छ। करिब दुई वर्ष अगाडि जनमत पार्टीकै नेतृत्वमा सिरहाको औरही गाउँपलिका बाटै किसान आन्दोलनको शुरूवात भएको थियो ।

गहुँको बिउ वितरणमा नै लफडा भएपछी तत्कालीन पालिका अध्यक्षले स्थानीय चार जना किसान उपर मुदा दायर पक्राउ गर्न लगाएपछि आन्दोलनको शुरूवात भएको थियो । जनमत पार्टीको नेतृत्वमा पालिकाबाट शुरु भएको आन्दोलन देशै भरी फैलिएको थियोे । उनीहरुकै दवाब पछि पक्राउ परेका किसानहरुलाई रिहाई समेत भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]