३० बैशाख २०८१, आइतबार
12-05-2024 , Sun
×

सर्लाहीमा पनि यातायात व्यवस्था कार्यालय स्थापना

Logo
न्यूज मधेश प्रकाशित सोमबार, मंसिर १८, २०८०

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको छ । मलङ्गवास्थित जिल्ला समन्वय समिति (तत्कालीन जिविस) को भवनमा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको आइतबार मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले उद्घाटन गर्नुभयो । सदरमुकाम मलङ्गवामै यो कार्यालय स्थापना भएपछि सर्लाहीका स्थानीयले अब यातायात सम्बन्धी काम लिएर बर्दिबास, जनकपुर, वीरगञ्जलगायत ठाउँमा जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

कार्यालयबाट सवारी चालक अनुमति पत्र जारी तथा नवीकरण, सवारी किताब दर्ता तथा नवीकरण, रुट परमिट लगायतका सेवा प्रदान गरिने कार्यालय प्रमुख राकेश यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा निवर्तमान रक्षामन्त्री एवम् सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेती, निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साह, मधेस प्रदेश सभाका सदस्यहरू कौशलकिशोर राय, जङ्गिलाल राय र उपेन्द्र महतो, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला लगायतले मन्तव्य राख्नुभयो ।

वक्ताहरूले जिल्लामै यातायात व्यवस्था कार्यालय खुलेको प्रति खुसी व्यक्त गर्दै सरल र सहज हिसाबले सेवा प्रवाह गर्न सुझाव दिनुभएको छ ।

मधेस प्रदेशका आठ जिल्लामध्ये सर्लाहीमा सातौँ कार्यालयको रूपमा यातायात व्यवस्था कार्यालय स्थापना भएको हो । कार्यालय खुल्न बाँकी रहेको बारा सदरमुकाम कलैयामा पनि केही समयभित्रै कार्यालय स्थापना गर्ने तयारी रहेको श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशले जनाएको छ ।

मलङ्गवाको कार्यालय प्रदेश स्तरको भएपनि यसले देशभरका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने कार्यालय प्रमुख यादवको भनाइ छ । उहाँका अनुसार आइतबार औपचारिक रूपमा कार्यालय स्थापना गरिए पनि सेवा प्रवाह सुरु गर्न केही दिन लाग्ने छ ।

आफू तत्कालै काठमाडौँ पुगेर यातायात व्यवस्था विभागबाट युजर तथा पासपोर्ट लिएर आउने र सम्भव भएसम्म यसै हप्ताभित्र सेवा प्रवाह सुरु गर्ने यादवले बताउनुभयो । उहाँका अनुसार कार्यालयको तत्काल आफ्नै सरकारी ट्रायल सेन्टर नभएकाले जिल्लाभर कहिँकतै निजी ट्रायल सेन्टरसँग समन्वय गरिने छ ।

जग्गा प्राप्त भएपछि आफ्नै ट्रायल सेन्टर निर्माण गर्न बजेट माग गरिने कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही। सर्लाहीमा चालु आर्थिक वर्षका १० महिनामा भएका आगलागीका घटनाबाट एक सय ६१ घर जलेका छन् भने करोडौँको धनमाल जलेर नोक्सानी भएको छ । जिल्लाका विभिन्न स्थानमा भएका एक सय २३ वटा आगलागीका घटनाबाट तीन वटा पक्की, एक सय ५८ वटा कच्ची गरेर एक सय ६१ घर जलेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । […]

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहमाथि बलात्कार मुद्दा दर्ता भएको छ । उनी अहिले ‘फरार’ छन् । ०८० चैत्र ३० मा उपसचिव साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा एक महिलाले जबर्जस्ती करणीसम्बन्धी जाहेरी दिएकी थिइन् । स्रोतका अनुसार ०८१ वैशाख ३ मा जाहेरी दर्ता भएको हो । साह ०८० वैशाख […]

जनकपुरधाम। भारतको सुरतमा ज्यान गुमाएका एक परिवारलाई जनमत पार्टीका नेताकार्यकर्ताहरुले आर्थिक सहयोग गरेका छन् । धनुषाको कमला नगरपालिका-४ सघारा घर भएका ५५ वर्षिय महेन्द्र महराले घर परिवार चलाउन भारतको सुरतमा केहिदिन अगाडि गरेको थिए।तर,उहाँको सुरतमा काम गरेको दुई महिनामै मृत्यु भएको थियो। महराको आर्थिक रुपमा एकदमै कमजोर रहेकोले जनमत पार्टीका नेताकार्यकर्ताहरुले उनको परिवारलाई २५ हजार […]