२९ बैशाख २०८१, शनिबार
11-05-2024 , Sat
×

लोसपामा हस्ताक्षर संकलन, बैठक स्थगित

Logo
जनकपुर टुडे प्रकाशित सोमबार, मंसिर २५, २०८०

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को विवाद सतहमा आएको छ । दुई जना वरिष्ठ नेता राजेन्द्र महतो र अनिल कुमार झाले वहिष्कार गरेपछि आइतवार बसेको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा सहभागी नहुने घोषणा गरेका वरिष्ठ नेताद्वय महतो र झाको कारण एजेण्डाहरुमा छलफल नै नगरी स्थगन भएको छ ।

बैठकमा छलफलका लागि ९ वटा एजेण्डा तय गरिएको थियो । राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने भएकाले बैठकमा सहभागी पदाधिकारी र सदस्यहरुको हस्ताक्षर संकलन गरी बैठक स्थगन गरिएको छ ।

ब्यहोरा नलेखिएको रजिष्टरमा गराइएको हस्ताक्षरलाई पार्टी विभाजनविरुद्ध प्रयोग गरिने वलियो संभावना रहेको सहभागी एकजना सदस्यले जनाएका छन् । ठाकुर जसपामा नै रहेको बेला पार्टी सदस्य र सांसदहरुको हस्ताक्षर दुरुपयोग गरी तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा बहुमत पु¥याउन दुरुपयोग गरेको आरोप लागेको थियो ।

बैठकमा सहभागी महासचिव परमेश्वर साहले जनाए अनुसार बैठकमा प्रस्तुत सबै एजेण्डामाथि सामान्य छलफल भएको छ ।‘बैठकमा एजेण्डाहरुमाथि सामान्य छलफल भएको छ’ उनले भने, राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउनु पर्ने भएकाले केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुको हस्ताक्षर संकलन गरिएको छ ।

पुस महिनाको दोस्रो हप्ता मधेश प्रदेशमा केन्द्रीय कार्य समितिको विस्तारित बैठक बस्ने सहमति भएको उनले जनाए । सो बैठकमा लोसपाका जिल्ला अध्यक्षहरुको समेत सहभागिता रहनेछ । पार्टीलाई आत्मनिर्भर बनाउन लेभी उठाउने, राजनीतिक कार्यदिशा सम्बन्धी प्रतिवेदन, पार्टीको संगठन सुदृढीकरण प्रतिवेदन, पार्टीको भातृ संगठनहरुको संख्या सम्बन्धी प्रतिवेदन, पार्टीको अन्तरिम बिधान बनाउन कार्यदल, पार्टीको खाता सञ्चालन र विविध प्रस्ताव राखिएको थियो ।

बैठक स्थगन भएकाले कार्यदलहरुले तयार पारेको प्रतिवेदन उपर आगामी बैठकमा छलफल हुने सहभागी सदस्यहरुले जनाएका छन् । बैठकमा वरिष्ठ नेता र उनीहरु निकटका पदाधिकारी तथा सदस्यहरु अनुपस्थित रहेको विषयमा सामान्य छलफल भएको बताइएको छ ।

बैठकमा अनुपस्थित रहेका वरिष्ठ नेताद्वय महतो र झासित सम्पर्क गरी असन्तुष्टि हटाएर आगामी बैठकमा सहभागिताको वातावरण बनाउन सहभागी सदस्यहरुले अध्यक्ष ठाकुरलाई जिम्मेवारी दिएका छन् ।

दुई वर्ष पूर्व जसपाबाट अलग्गिएको लोसपाको सांगठनिक गतिविधिलाई अगाडि नबढाइएको, संगठन नै समाप्त हुने आमनागरिकमा चर्चा हुन थाले पनि ठाकुरले पद नछाडेको महतो पक्षको आरोप छ ।

महतोले ठाकुरलाई पदमुक्त हुन अथवा ‘सेरेमोनियल’ भएर बस्न सुझाएका छन् । पार्टीको कार्यकारी अधिकार आफूलाई दिए संगठनलाई मधेश प्रदेशमा सबल बनाउने उनको दावी छ ।

महतो निकट एकजना नेताका अनुसार ठाकुरले पद नछाडे कुनै पनि निर्णय हुनसक्ने छ । ‘पार्टी विभाजन हाम्रो प्राथमिकता होइन्’ ती नेताले भने, तर ठाकुरले काम गर्ने मार्ग प्रशस्त नगरे मधेशी जनताको अधिकार रक्षाका लागि कुनै पनि निर्णय लिन सक्ने छौ ।’ लोसपाको केन्द्रीय समितिमा हाल ३ सय ११ जना रहेका छन् ।

ठाकुरले पार्टीलाई क्लवको रुपमा राखेको आरोप लोसपाका नेता राजीव झाले लगाएका छन् । ‘ठाकुरले कार्यकारी अध्यक्षको भूमिका नछाडेसम्म पार्टी अगाडि बढन सक्दैन्’ उनले भने, मधेश र मधेशीको समस्यालाई समाधान गर्न महतोले नेतृत्व गर्नुपर्ने आवश्यकता छ ।’ ठाकुरले पार्टीमा परिवारवादलाई प्रश्रय दिएको र सीमित व्यक्तिहरुको घेरामा रहेर संगठनलाई नै ध्वस्त बनाएको झाले आरोप लगाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिका सभापति तथा प्रदेश सांसद सतिश कुमार सिंहले स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ मा स्वास्थ्य चौकी भवनको शुक्रबार एक कार्यक्रमबीच सभापति सिंहले शिलान्यास गरेको छ। सिंह सप्तरी निर्वाचन क्षेत्र नं.२(क) जनमत पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् । भवन निर्माणको लागि […]

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बैठक सुरु हुने केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ ।

जनकपुरधाम । धनुषाको कमला नगरपालिका ५ स्थित कमला नदीको तटमा सुरु भएको श्री विष्णु महायज्ञको मुख्य मण्डपमा आगो लागेको छ । हवन गर्ने मुख्य मण्डपमा आगो लागेपछि महायज्ञमा सहभागी श्रद्धालु तथा सर्वसधालणको भागाभाग मचेको छ । भागदौड मच्दा एक महिला लडेर घाइते भएकी छन् । स्थानीयले उपचारका लागि अस्पताल लगिएको छ । हवन मण्डपमा बाँस […]