२३ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

रुपन्देहीमा जनमतको दोस्रो वडा अधिवेशन सुरु

Logo
न्यूजमधेश प्रकाशित शनिबार, पुष ०७, २०८०

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही जिल्लामा दोस्रो वडा अधिवेशन सुरु भएको छ।

शनिबार जिल्लाको मर्चवारी गाउँपालिका-१ मा पार्टीका निवर्तमान वडाध्यक्ष राजु यादवको अध्यक्षतामा राखिएको दोस्रो वडा अधिवेशन पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

अधिवेशनबाट मुनिलाल केवट दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन।उनका नेतृत्वमा वडा समिति गठन भएको हो।

सो वडा अधिवेशनमा जनमत पार्टीका कार्यकारिणी सदस्य रामकेश गुप्ता ,सम्मरीमाई गाउँपालिका इन्चार्ज रामाशंकर यादव, मर्चवारी गाउँपालिका- ६ का निर्वाचित अध्यक्ष रामसेवक खरविन्द र गुड्डो मौर्य लगायत नेता कार्यकर्ताहरुको उपस्थितिमा दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ।

उक्त कार्यक्रम पूर्व वडासचिव मुकेश यादवले संचालन गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]