१९ बैशाख २०८१, बुधबार
01-05-2024 , Wed
×

रुपन्देहीमा जनमतको दोस्रो वडा अधिवेशन सुरु

Logo
न्यूजमधेश प्रकाशित शनिबार, पुष ०७, २०८०

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही जिल्लामा दोस्रो वडा अधिवेशन सुरु भएको छ।

शनिबार जिल्लाको मर्चवारी गाउँपालिका-१ मा पार्टीका निवर्तमान वडाध्यक्ष राजु यादवको अध्यक्षतामा राखिएको दोस्रो वडा अधिवेशन पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

अधिवेशनबाट मुनिलाल केवट दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन।उनका नेतृत्वमा वडा समिति गठन भएको हो।

सो वडा अधिवेशनमा जनमत पार्टीका कार्यकारिणी सदस्य रामकेश गुप्ता ,सम्मरीमाई गाउँपालिका इन्चार्ज रामाशंकर यादव, मर्चवारी गाउँपालिका- ६ का निर्वाचित अध्यक्ष रामसेवक खरविन्द र गुड्डो मौर्य लगायत नेता कार्यकर्ताहरुको उपस्थितिमा दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ।

उक्त कार्यक्रम पूर्व वडासचिव मुकेश यादवले संचालन गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।महोत्तरीको मटिहानीमा गत बुधबार आगलागीमा परेर घरबार गुमाएका आगलागीपीडितलाई हाम्रो टिम नेपाल, १०० ग्रुप, नेपाली सेना र अन्य व्यक्तिको सहयोगमा दैनिक खाना खुवाइँदै आएको छ। मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोवास रहेको जरलहवागाछी बस्तीमा भीषण आगलागी हुँदा करिब आठ सय व्यक्ति पीडित बनेका छन्। ‘बस्तीमा खाना पकाउने भाँडाहरूसमेत छैनन्, अन्नपात जलेर सबै […]

जनकपुरधाम । गल्फ सेवा समाज संस्थाले १०४ अग्निपिडित परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । मंगलबार महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलका गत बुधबार भएको आगलागीबाट पीडित भएका १ सय ४ जनालाई गल्फ सेवा समाजले १५ किलोको खाद्यान्न सामग्रीको प्याकेज वितरण गरेको हो। गल्फ सेवा समाज संस्थाका संस्थापक मो.जमशेद राईनले  अग्निपिडितहरुको लागि चामल ५ किलो,गहुँको पिठो […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने संकेत गरेको टिप्पणी गरेका छन् । इलाम २ मा जनमत पार्टीले ११८ मत (०.१७ प्रतिशत मत) र रास्वपाले ७.३ प्रतिशत मत ल्याएको उल्लेख गरेका छन् । डा.राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ […]